• आईतवार, भाद्र २९,२०८२ 09:53:37
Global IME Bank Limited

मातृभूमी लघुवित्तले एफपीओ निष्कासन गर्ने, प्रस्ताव पारित गर्न साधारण सभा आह्वान

Hyundai Nepal
मातृभूमी लघुवित्तले एफपीओ निष्कासन गर्ने, प्रस्ताव पारित गर्न साधारण सभा आह्वान

काठमाण्डौ । मातृभूमी लघुवित्त वित्तीय संस्था लिमिटेडले थप सार्वजनिक निष्कासन(एफपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले एफपीओ निष्कासनको मुख्य प्रस्तावसहित साधारण सभा डाकेको छ । चैत ११ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आगामी वैशाख २ गते काठमाण्डौको बुढानिलकण्ठमा रहेको होटल अम्रप्रस्थ ब्याङक्वेट एण्ड इभेन्ट्समा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

उक्त सभामा सर्वसाधारण्मा एफपीओ जारी गर्ने र अन्य ‘घ’ वर्गका लघुवित्तसँग गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै आव २०८०/८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित लेखापरीक्षण गरिएको २०८१ असार मसान्तको वासलात र सोही मितिमा समाप्त आव २०८०/८१ को नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत सोहि अवधिका वित्तीय विवरणहरु सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने र आव २०८१/८२ को लागि बाह्रय लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा ४ जना संस्थापक र २ जना सर्वसाधारण सेयरधनी गरी कुल ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत अनुमोदन हुनेछ ।  

साधारण सभा प्रयोजनका लागि संस्थाले चैत २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । 

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.