मंगलवार, जेष्ठ ५,२०८३ 01:21:16
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 01:21:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

झडपकै क्रममा निजी भवनमा भीषण आगलागी, आगो निभाउन आएको दमकललाई भगाइयो

Laxmi Sunrise Bank Limited
झडपकै क्रममा निजी भवनमा भीषण आगलागी, आगो निभाउन आएको दमकललाई भगाइयो
Shivam Cement

काठमाण्डौ । राजावादी प्रदर्शनकारी र प्रहरीबीच झडप भइरहेकै समयमा तीनकुनेस्थित एक निजी घरमा भीषण आगलागी सुरु भएको छ।  

प्रहरीले प्रदर्शनकारीमाथि प्रहार गरेको टियरग्यास घरतिर गई आगो लागेको प्रारम्भिक आशंका गरिए पनि यथार्थ कारण भने खुल्न सकेको छैन । 

Bizshala
New Office
CG Motors

एकातिर झडप जारी छ भने अर्कोतर्फ विभिन्न कार्यालय, व्यापारिक फर्म समेत सञ्चालनमा रहेको तीनकुनेको निजी घरमा आगो समेत दन्किरहेको छ । घरभित्र मानिसहरु रहेका हुनसक्ने र उनीहरुको उद्धारको विषयमा कुनै पनि पक्षले ध्यान दिएको छैन ।  

भवनमा भइरहेको भीषण आगलागी नियन्त्रणमा लिन केहीबेरअघि वारुणयन्त्र आएपनि त्यसलाई समेत राजावादी प्रदर्शनकारीहरुले ढुंगामूडा गरी भगाएका हाम्रा संवाददाताले जनाएका छन् । 

Garima Development Bank
Shivam Cement
IME remit

राजावादीहरुको ढुंगा प्रहार र प्रहरीको जवाफी प्रहारपछि भइरहेको झडपका कारण तीनकुनेको मुख्य चौक क्षेत्रमा निजी घर तथा व्यापारिक भवनहरुमा समेत निकै ठूलो क्षति पुगेको छ । तीनकुने क्षेत्रको प्रभू कम्प्लेक्स लगायतका भवनहरुको सिसा छिया छिया भएको तस्विरहरुमा देखिएको छ ।  

यसैबीच, प्रदर्शनकारीले प्रहार गरेको ढुंगा लागी एकजना महिला प्रहरी घाइते भएकी छिन् । केही प्रदर्शनकारी समेत घाइते भएका छन् ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.