मंगलवार, जेष्ठ ५,२०८३ 01:21:00
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 01:21:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

तीनकुने झडपमा २१ प्रदर्शनकारी घाइते, को को (नामसहित) ?

Laxmi Sunrise Bank Limited
तीनकुने झडपमा २१ प्रदर्शनकारी घाइते, को को (नामसहित) ?
Shivam Cement

काठमाण्डौ । तीनकुनेमा आज राजावादी प्रदर्शनकारी र सुरक्षाकर्मीबीच भएका झडपका क्रममा २२ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांश प्रदर्शनकारी छन् ।  

प्रहरीबाट हालसम्म प्राप्त विवरणअनुसार केही सुरक्षाकर्मी समेत घाइते भएका छन् । 

Bizshala
New Office
CG Motors

प्रदर्शनपछि भएका झडपहरुका क्रममा राजु श्रेष्ठ, करिना साही, पुष्कलराज जोशी, राजेश श्रेष्ठ, बद्री वन, सुमन गुरुङ, निराजन बम, ओमबहादुर श्रेष्ठ, माधव कँडेल, शंकर तिवारी, निखिल कार्की, कुमारजंग राना, उद्धव श्रेष्ठ, विकासकुमार गौतम, रोजन पहरी, सुजन थापा, सन्तोष बोहोरा, विकास संगौला, रुद्र कार्की, विशाल निरौला, मनी सिंखडा घाइते भएका छन् । घाइते प्रदर्शनकारीहरुको ठेगना खुलाइएको छैन । 

Garima Development Bank
Shivam Cement
IME remit

झडपमा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार चन्द्र बूढा पनि घाइते भएका छन् ।  

प्रदर्शनकारीहरुले ठाउँ ठाउँ तोडफोड र आगजनी गरेका छन् । केही सरकारी गाडी तथा केही सवारीहरुमा समेत आगजनी भएको छ ।  

केही निजी घर तथा व्यवसायिक महलहरुमा समेत तोडफोड र ढुंगामूडा भएको छ ।  

स्थिति नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले तीनकुने र आसपासको क्षेत्रमा आज राति १० बजेसम्म कफ्र्यू आदेश जारी गरेको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.