मंगलवार, जेष्ठ ५,२०८३ 01:21:37
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 01:21:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कर्फ्यु भोलि बिहान ७ बजेसम्म लम्बियो, हवाई यात्रुलाई विमानस्थलसम्म जान दिइने

Laxmi Sunrise Bank Limited
कर्फ्यु भोलि बिहान ७ बजेसम्म लम्बियो, हवाई यात्रुलाई विमानस्थलसम्म जान दिइने
Shivam Cement

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले काठमाण्डौको तीनकुने र आसपासको केही क्षेत्रमा लगाएको कर्फ्युको समयावधि बढाएको छ ।  

जिल्ला प्रशासन कार्यालयले एक सूचनामार्फत आज अपरान्ह ४ः२५ बजेदेखि राति १० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ क बमोजिम लागू भएको कर्फ्यु आदेश भोलि बिहान ७ बजेसम्म कायम हुने भएको हो । 

Bizshala
New Office
CG Motors

जिल्ला प्रशासन कार्यालय काठमाण्डौका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले भर्खरै अर्को एक सूचनामार्फत कर्फ्युको समयावधि लम्ब्याउँदै भोलि बिहान ७ बजेसम्म कायम हुने जानकारी दिएका हुन् ।  

बानेश्वर तीनकुने क्षेत्रलाई मुख्य कर्फ्यु लाग्ने क्षेत्र तोकी त्यसका चारकिल्लामा समेत सोही आदेश लागू हुने बताइएको छ । जसअनुसार गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वरसम्म, कोटेश्वरदेखि जडीबुटी पुलसम्म, बानेश्वर चोकदेखि शंकमूल पुलसम्म तथा गौशाला चौकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चौकसम्म कर्फ्यु आदेश जारी गरिएको छ । 

Garima Development Bank
Shivam Cement
IME remit

यी स्थानहरुमा कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने सूचनामा उल्लेख छ ।  

यसैबीच, कर्फ्यु जारी गरिएका क्षेत्रहरुका कारण त्रिभुवन विमानस्थलबाट विभिन्न गन्तव्यहरुका लागि हवाई यात्रा गर्ने यात्रुहरुको सहजताका लागि उनीहरुले काटेको टिकट र परिचयपत्रका आधारमा आवातजावत गर्न दिइने व्यवस्था समेत लागू गरिएको बताइएको छ । प्रशासन कार्यालयले सम्बन्धित सबै सुरक्षा निकायहरुलाई टिकट र आधिकारिक परिचयपत्रको आधारमा हवाई यात्रुहरुलाई सहजीकरण गर्न समेत निर्देशन दिएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.