मंगलवार, जेष्ठ ५,२०८३ 01:21:09
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 01:21:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इस्लाम धर्मावलम्बीहरुले आज ईद–उल-फित्र मनाउँदै, सेयरबजार बन्द रहने

Laxmi Sunrise Bank Limited
इस्लाम धर्मावलम्बीहरुले आज ईद–उल-फित्र मनाउँदै, सेयरबजार बन्द रहने
Shivam Cement

काठमाण्डौ । इस्लाम धर्मावलम्बीहरूले आज ईद उल फित्र अर्थात ईद मनाउँदै छन् । हिजरी पात्रो अनुसार रमजानको अन्त्यमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान–प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ ।

इद उल फित्र मुस्लिमहरूको सबैभन्दा ठूलो चाड हो ।  यो बिहान प्रार्थना सँगै सुरु हुन्छ । मस्जिदमा जाँदा नयाँ लुगा लगाएर जाने चलन छ। त्यसैगरी गुलियो खानेकुरा, खजुर वा मिठाई खाइन्छ। र, तकबिर भनिने एउटा छोटो प्रार्थना गरिन्छ।

Bizshala
New Office
CG Motors

ईदको प्रार्थनाभन्दा पहिले मुस्लिमहरूले जकात अल(फित्र) पनि भनिने अनिवार्य दान गर्नुपर्छ। गरिबहरूलाई भोजनका निम्ति जकात दान गर्ने प्रचलन छ।

पाको उमेरका श्रद्धालुहरूले परिवारका केटाकेटी वा आफूभन्दा कम उमेरका सदस्यलाई ईदी भनेर पैसा पनि दिने गर्छन्।  

सरकारले आज इस्लाम धर्मावलम्बीहरुको पर्व इदउल फित्र(इद(को अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले हिजो एक सूचना जारी गर्दै इदका अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको हो ।  

Garima Development Bank
Shivam Cement
IME remit

त्यसैले आज देशका सम्पूर्ण सरकारी कार्यालय,सेयर बजार, बैंक वित्तीय संस्था र शैक्षिक संस्था लगायत बन्द रहने छन् । आज नेपाल स्कट एक्सचेञ्ज(नेप्से) पनि आज बन्द रहनेछ । यस कारण आज दोस्रो बजारमा सेयर कारोबार हुने छैन ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.