मंगलवार, जेष्ठ ५,२०८३ 01:21:50
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 01:21:50
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल–म्यानमार चेम्बर अफ कमर्सले म्यानमारका भूकम्प पीडितलाई राहत उपलब्ध गराउने

Laxmi Sunrise Bank Limited
नेपाल–म्यानमार चेम्बर अफ कमर्सले म्यानमारका भूकम्प पीडितलाई राहत उपलब्ध गराउने
Shivam Cement

काठमाण्डौ । नेपाल–म्यानमार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले मित्रराष्ट्र म्यानमारमा भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।चेम्बरका अध्यक्ष शिवकुमार अग्रवाल नेतृत्वको प्रतिनिधिमण्डल सोमबार बिहान ललितपुरस्थित नेपालका लागि म्यानमारको राजदूतावास पुगेर म्यानमार सरकार र जनताप्रति समवेदना व्यक्त गरेको हो।  

चेम्बरले म्यानमारमा भूकम्पले गराएका जनधनको क्षतिबाट स्तब्ध भएको बताउँदै अकल्पनीय प्राकृतिक विपत्तिबाट सिर्जित विषम परिस्थितिको सामना गर्ने शक्ति म्यानमार सरकार र त्यहाँका जनतालाई प्राप्त होस भन्ने कामना गरेको छ।चेम्बरले म्यानमारका भूकम्प पीडितको उद्धार एवं पुनर्स्थापनाको लागि आवश्यक पर्ने सबै प्रकारको सहायता उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल समेत गरेको छ।  

Bizshala
New Office
CG Motors

चेम्बरले सो अवसरमा म्यानमारका भूकम्प पीडितलाई राहत उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ।आफ्ना सदस्यहरुबाट आर्थिक सहयोग संकलन गरी राजदूतावासमार्फत भूकम्प प्रभावितलाई राहत सामग्री उपलब्ध गराउने तयारी गरेको अध्यक्ष अग्रवालले जानकारी दिए।  

म्यानमारमा चैत १५ गते शुक्रबार गएको ७.७ रेस्टर स्केलको भूकम्पमा ज्यान गुमाउनेको संख्या १७०० नाघेको अन्तर्राष्ट्रिय सञ्चार संस्थाहरुले बताएका छन्।उक्त भुइँचालोले महत्वपूर्ण पूर्वाधारहरुमा ठूलो क्षति पुर्याएको छ । उक्त भुइँचालोबाट छिमेकी मुलुक थाइल्यान्डमा पनि जनधनको क्षति भएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

नेपाल–म्यानमार चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री दुईमित्र राष्ट्रबीचको आर्थिक एवं जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउने तथा दुवै देशको उद्योग, व्यापार, पर्यटन लगायत क्षेत्रमा लगानी प्रवद्र्धनमा सहजकर्ताको भूमिका खेल्ने जस्ता उद्देश्यले स्थापना भएको द्विराष्ट्रिय उद्योग वाणिज्य संघ हो।चेम्बरले उक्त उद्देश्य परिपूर्तिका लागि व्यापारिक प्रतिनिधिमण्डल आदानप्रदान गर्ने, दुवै देशमा आयोजना हुने व्यापार मेला तथा प्रदर्शनीहरुमा भाग लिन व्यवसायीलाई प्रोत्साहन र सहजीकरण गर्ने लगायत क्रियाकलाप गर्ने जस्ता कार्य गर्दै आएको छ।  

 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.