मंगलवार, जेष्ठ ५,२०८३ 01:21:36
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 01:21:36
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भन्सार र राजश्व अनुसन्धान कार्यालयसँग सम्बन्धित व्यवसायीका चासो सम्बोधन गर्न आग्रह

Laxmi Sunrise Bank Limited
भन्सार र राजश्व अनुसन्धान कार्यालयसँग सम्बन्धित व्यवसायीका चासो सम्बोधन गर्न आग्रह
Shivam Cement

काठमाण्डौ । नेपाल समुद्रपार निकासी पैठारी संघले सीमाक्षेत्रका भन्सार कार्यालय र राजश्व अनुसन्धान कार्यालयसँग सम्बन्धित व्यवसायीका चासो र गुनासाहरुको सम्बोधन गर्न सम्बन्धित कार्यालय प्रमुखहरुलाई आग्रह गरेको छ ।  

संघको एक प्रतिनिधि मण्डलले राजश्व अनुसन्धान कार्यालय पथलैया, सुक्खाबन्दरगाह सिर्सिया र वीरगन्ज भन्सार कार्यालयका प्रमुखहरुलाई भेटेर व्यवसायीले वस्तु आयातका क्रममा झेल्नुपरेका प्रक्रियागत कठिनाइ समाधानमा जोड दिएको हो । संघले नीतिगत सुधारका लागि समेत पहल गरिदिन उनीहरुलाई आग्रह गरेको छ ।  

संघले राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख हरिप्रसाद शर्मालाई आयातित वस्तुको मूल्यांकन सम्बन्धमा भन्सार कार्यालयहरुसँग समन्वय गर्न, ढुवानीकर्ता वा चालकहरुले गर्ने लापरवाहीमा व्यवसायीलाई दण्डित नगर्न र उजुरी परेको अवस्थामा गहिरो अनुसन्धान गरेर पक्राउ नगरी नहुने अवस्थामा मात्रै पक्राउ गर्न आग्रह गरेको छ । उजुरी पर्ने बित्तिकै पक्राउ गर्दा निर्दोष हुँदाहुँदै पनि व्यवसायीको प्रतिष्ठा धमिलिने जोखिम रहने र यसबाट लगानीकर्ता निरुत्साहित हुने संघको भनाइ छ । राजश्व अनुसन्धान कार्यालयलाई ढुवानी साधनको खानतलासीमा मात्र केन्द्रिन नहुनपनि संघले आग्रह गरेको छ । प्रतिनिधि मण्डलका सहभागीले एउटै भिसिटिएसबाट पटकपटक वीरगन्जदेखि काठमाण्डौसम्म सामान ढुवानी हुने गरेको सूचना प्राप्त भएको भन्दै यसलाई रोक्नपनि आग्रह गरे ।  

Bizshala
New Office
CG Motors

संघले वीरगन्ज क्षेत्रका प्रमुख दुई भन्सार कार्यालयका प्रमुखहरुलाई अन्य निकायसँग समेत समन्वय गरेर सीमा क्षेत्रबाट हुने अनधिकृत आयात न्यूनीकरण गर्न आग्रह गरेको छ । संघले बढी महशुल दर रहेको हार्मोनिककोडमावस्तु वर्गीकरणगर्ने गरेको गुनासो गर्दै हार्मोनिक कोडलाई १० डिजिटको बनाउन आग्रह गरेको छ ।

ड्यामेज वा टुटफुट भई आएका सामान भन्सार महशुल छुट दिन र त्यस्तो क्षति प्रमाणित गर्ने व्यवस्था गर्न भन्सार कार्यालयहरुलाई अनुरोध गरेको संघको विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी, गलत सामान आएको अवस्थामा फिर्ता गर्ने अवधि ९० दिनबाट बढाएर १८० दिन कायम गर्न तथा नक्कली र गुणस्तरहीन सामानको आयात रोक्नुपर्नेमा संघले जोड दिएको छ । साफ्टा सुविधा उल्लेख भएका वस्तुको हार्मोनिक कोड भन्सारको प्रणालीमा प्रविष्ट गर्दा सो सुविधान देखाउने समस्याको गुनासो व्यवसायीबाट आइरहेको विषयमा पनि संघले भन्सार अधिकृतहरुको ध्यानाकर्षण गराएको छ । तेस्रो मुलुकमा निर्मित पार्टपुर्जा जडान भएका मेसिन आयात गर्दा व्यवसायीले झेल्नुपरेका समस्या पनि प्रतिनिधिमण्डलले छलफलका क्रममा उठाएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

संघले नीतिगत सुधारमा कार्यान्वयन तहका अधिकारी र कार्यालयहरुको पहलकदमीले सकारात्मक नतिजा ल्याउने भन्दै सोको लागि समेत आग्रह गरेको छ ।  

जवाफमा राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले आशंकामा ढुवानी साधन पक्राउ गरेर ल्याउने विषय पेचिलो रहेको भन्दै आफूले त्यसो नगर्न निर्देशन दिइसकेको बताए । एउटै भिसिटिएसबाट पटकपटक सामान ढुवानी भइरहेको विषयलाई कार्यालयले गम्भीर रुपमा लिएर त्यसलाई रोक्न चनाखो रहेको पनि उनले बताए । संघले उठाएका विषयहरु राजस्व र कानून सम्मत व्यवसायलाई बढावा दिने खालका रहेको भन्दै तिनको सम्बोधनमा आफूले सक्दो पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।  

सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख धनबहादुर बरुवाल र वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजेन्द्र ढुंगानाले सन्दर्भ मूल्य सूची हटाउने विषयमा भन्सार प्रशासन पनि सकारात्मक रहेको र सम्भवतःआगामी साउनबाट त्यो हट्न सक्ने बताए । आफूले आयात गरेको सामान घोषणा गर्नुअघि सरसर्ती जाँच गर्न पनि उनीहरुले व्यवसायीलाई सुझाए । यसो गर्दा धेरै हदसम्म समस्या कम हुने भन्सार अधिकारीहरुको भनाइ छ ।  

उनीहरुले पनि संघले उठाएका जायज चासोमध्ये आफूहरुको तहबाट काम हुनेलाई आफ्नै तहबाट र माथिल्लो तहमा पठाउनुपर्नेमा माथिल्लै तहमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे । पूर्वादेशका विषयमा रहेका कठिनाइ समाधान गर्नेतर्फ पनि पहल गर्ने उनीहरुले बताए ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.