शुक्रबार, बैशाख १२,२०८२ 09:23:37
IME remit
  • शुक्रबार, बैशाख १२,२०८२ 09:23:37
IME remit
Global IME Bank Limited

सफल व्यवसायी बन्न चाहनुहुन्छ ? यी १० पुस्तक बन्न सक्छन् उपयोगी

Hyundai Nepal
सफल व्यवसायी बन्न चाहनुहुन्छ ? यी १० पुस्तक बन्न सक्छन् उपयोगी
Nabil Bank Limited

काठमाण्डौ। यदि तपाईं विजिनेश सुरु गर्न गइरहनुभएको छ भने र कसैले तपाईलाई पुस्तक पढ्नुहोस् भन्यो भने अनौठो लाग्ला । अधिकांश सफल कारोबारी वा सीइओले कुनै कलेज वा स्कूलबाट विजिनेशको सूत्र सिकेर आएका हुँदैनन् । कुनै एउटा मात्र पुस्तकले पूर्ण रुपमा विजिनेश सिकाउन पनि सक्दैन । तर, कुनै पुस्तक यस्ता छन्, जसलाई विजिनेश सुरु गर्नुभन्दा पहिला एकपटक पढ्न आवश्यक हुन्छ । यी यस्ता पुस्तक हुन् जसले तपाईंलाई विजिनेशमा मद्धत गर्छन् ।

यदि तपाईंले जागिर छाडेर विजिनेश सुरु गर्न गइरहनुभएको छ वा सुरुवातमै आफ्नै विजिनेश सुरु गर्न गइरहनुभएको छ भने यी पुस्तकले तपाईंलाई अनुभव, टिप्स, स्मार्ट सूचना, के गर्नहुन्छ, के गर्नुहुँदैन आदिको बारेमा जानकारी दिनेछन् । आउनुहोस्, यस्तै १० किताबको बिषयमा चर्चा गरौं । यी किताब नेपालका राम्रो बुक स्टोरदेखि लिएर अनलाइनमार्फत पनि अर्डर गर्न सकिन्छ ।  

पुस्तकः विल इट फ्लाई

लेखकः थोमस के। मेकनाइट

यदि तपाई नयाँ विजिनेश आइडियाको बिषयमा सोचिरहनुभएको छ भने यो पुस्तक एकपटक समय निकालेर अवश्य पढ्नुहोस् । मेकनाइटले यो किताबमा आफ्नो अनुभवको आधारमा ४४ बुँदाको चेकलिस्ट बनाएका छन्, जसलाई तपाई आफ्नो नयाँ विजिनेश आइडियाको मूल्यांकन गर्नका लागि मद्धत मिल्छ । यो पुस्तक तपाईलाई तत्कालीन विजिनेश रणनीतिदेखि लिएर पर्सनल विजिनेश एटिच्यूटको आँकलन गर्न सहायक हुनेछ । यो पुस्तकमा दिइएको टिप्सबाट तपाइले सफल विजिनेशको एक स्पष्ट अवधारणा पाउनुहुनेछ ।

पुस्तक लक्की अर स्मार्ट

लेखकः बो पीबोडी

बो पीबोडी २० औैं शताब्दीको अन्ततिर इन्टरनेटका मल्टिमिलियनेयर थिए । उनी विभिन्न स्थानका पाँच कम्पनीका को–फाउण्डर पनि थिए । आफ्नो पुस्तकमा उनले विजिनेशमा कसरी आफ्नो प्रतिभा र भाग्यले एकसाथ काम गर्छ भन्ने कुरा व्याख्या गरेका छन् । पीबोडीले यो भनेका छन् कि भाग्यमानी हुनका लागि उनी अझै कम स्मार्ट  छन् । त्यसपछि उनी यसको गहिराईमा गए । उनले पुस्तकको माध्यमबाट बताएका छन् कि कसरी एकैखालको सोचाई समेत तपाईका लागि हितकारी हुन्छ ।  

पुस्तकः द फायर स्टार्टर सेसन्स

लेखकः डानियल लापोर्टे

व्यवसायलाई लिएर तपाईको मनमा बेचैनी छ भने तपाई डानियल लापोर्टेको द फायर स्टार्टर सेसन्स पुस्तक पढ्नुहोस् । यो पुस्तकले तपाईंलाई सही निर्णय लिन र राम्रो ढंगले विजिनेश अगाडि बढाउन निकै ठूलो सहयोग पुर्याउँछ । निकै उत्कृष्ट ढंगले लेखिएको किताबमा यस्ता प्रेरणादायी विशेषता छन्, जुन तपाईंको स्टार्टअपका लागि एक्सन लिन सहायक हुन्छन् । यदि तपाईं आफ्नो व्यवसायिक यात्रा सफल बनाउन चाहनुहुन्छ भने थोरै समय निकालेर अवश्य यो पुस्तक पढ्नुहोस् ।  

CG Motors
Bizshala
Laxmi Sunrise Bank Limited

पुस्तकः मिलियन डलर कन्सल्टिङ

लेखकः एलन वेइस

यो पुस्तकलाई विजिनेश सर्कलमा ‘कन्सल्टेन्टको बाइबल’ उपमा दिइएको छ । यदि तपाई आफूलाई ठूला कर्पोेरेट एग्जीक्यूटिभ्समा सामेल गराउने चाहना राख्नुहुन्छ भने तपाईंका लागि यो उत्कृष्ट पुस्तक बन्नसक्छ । यो पुस्तकमा कार्यालय स्थापनादेखि कर्मचारी राख्नेसम्मको आधारभूत कुराहरु बताइएको छ । साथै, यो पुस्तकमा प्रभावकारी नेटवर्किङ र प्राइसिङ रणनीतिको बिषयमा समेत उत्कृष्ट व्याख्या गरिएको छ ।  

पुस्तकःस्टार्ट, रन एण्ड ग्रो अ सक्सेसफूल स्मल विजिनेश

लेखकः टुलकिट मिडिया ग्रुप

सानो व्यवसाय सफल बनाउनका लागि यो पुस्तक एक उत्कृष्ट स्रोत हो । यो किताबले तपाईंलाई विजिनेश सुरु गर्ने पूरा प्रक्रियाको बिषयमा जानकारी दिन्छ । किताबमा कसरी योजना बनाउने, लेखा व्यवस्थापन, कर्मचारी व्यवस्थापन, केस स्टडी तथा नमूना विजिनेश प्लान समेत दिएर विस्तृत व्याख्या गरिएको छ । यो पुस्तकले तपाईलाई विजिनेश सुरु गर्न तथा अघि बढाउनका लागि सहयोग गर्छ । यो किताबको माध्यमबाट विजिनेशका धेरै बिषयहरुमा तपाईलाई स्पष्ट ज्ञान प्राप्त हुन्छ ।  

Muktinath Bikas Bank Limited

पुस्तकःबेयरफूट एग्जीक्यूटिभ

लेखकः केरी विल्करसन

यो पुस्तकमा लेखक स्वयम्को कथा छ । उनले कसरी घरबाटै विजिनेश गरे भन्ने बिषय खुलाएका छन् । अन्ततः यही अनुभव उनका लागि कोसेढुंगा साबित भयो । यदि तपाईं पनि घर वा अनलाइनबाट विजिनेश सुरु गर्न चाहनुहुन्छ भने यो पुस्तक निकै उपयोगी हुनसक्छ । यो पुस्तकमा लक्षित बजार कसरी हासिल गर्ने, प्रभावकारी मार्केटिङ रणनीति कसरी विकास  गर्ने र आफ्नो ब्राण्डलाई कसरी बलियो बनाउने भन्ने बिषयमा राम्रा आइडियाहरु दिइएको छ । पुस्तकमा दिइएको चार्ट र टेबलको माध्यमबाट तपाईले भन्न खोजिएको कुरा प्रष्ट रुपमा बुझ्नसक्नुहुन्छ । अनलाइन मार्केटर्स, कन्सल्ट्यान्ट्स तथा सेवा प्रदायकहरुका लागि यो पुस्तक उपयोगी हुनसक्छ ।  

पुस्तकः द विजिनेश स्टार्टअप किट

लेखकः स्टेभेन डी स्ट्रस

यो पुस्तकमार्फत स्टेभेनले थोरै शब्दमा विजिनेशका  धेरै कुराहरुमाथि राम्रो व्याख्या गरेका छन् । यो पुस्तकमा विजिनेश सुरु गर्ने र त्यसमा सफल हुन चाहनेका लागि धेरै राम्रा जानकारी समेटिएका छन् । किताबमा विजिनेशको सुरुवातमा के गर्नुपर्छ र के गर्नुहुँदैन भन्ने बिषय बताइएको छ । यो पुस्तकमा टिप्स र दिशानिर्देशसँग सम्बन्धित बुँदाहरुलाई समेत सटिक रुपमा प्रस्तुत गरिएको छ ।

पुस्तकः स्टार्ट योर ओन विजिनेश

लेखकः रिभा लेसोन्स्की

यो किताब एकमात्र स्टार्टअप किताब हो, जुन हरदम जरुरत परिरहन सक्छ भनेर अन्तर्राष्ट्रिय क्षेत्रको सफल विजिनेशमेनहरुले समेत भन्ने गरेका छन् । यो पुस्तक यति धेरै लोकप्रिय रहेको छ कि यसको ५ औं संस्करण मात्रै २ लाख भन्दा बढी प्रति बिक्री भएको थियो । आफ्नै विजिनेश सुरु गर्नका लागि यो पुस्तक निकै उपयोगी स्टार्टअप पुस्तकको रुपमा मानिएको छ ।  

पुस्तकःस् दि आर्ट अफ दि स्टार्ट

लेखकःगाइ कावासाकी

गाइ कावासाकीको यो पुस्तकलाई एक व्यवसायीका लागि राम्रो टेक्स्टबुक मानिएको छ । यो पुस्तकमा स्टार्टअप सुरु गर्ने प्रक्रियादेखि त्यहाँबाट पैसा कमाउने र कर्मचारीलाई परिचालन गर्नेसम्मको सबै विषयसँग जोडिएको भित्री सूचना तथा जानकारी दिइएको छ । कावासाकीले यो पुस्तकमा लगानीकर्तालाई आफूतर्फ आकर्षित गर्नका लागि केही गोल्डेन रुल समेत बताएका छन् ।  

पुस्तकःस्केप फ्रम क्यूबिकल नेशन

लेखकः पामेल स्लिम

यदि तपाई कुनै कम्पनीको कामदार(कर्मचारी) हुनुहुन्छ र आफ्नै केही विजिनेश सुरु गर्न चाहिरहनुभएको छ भने तपाईंका लागि यो पुस्तक निकै उपयोगी बन्नसक्छ । यदि तपाईंले हालसालै कर्पोरेट जागिर छाडेर आफ्नो विजिनेश सुरु गर्नुभएको छ भने पनि यो पुस्तक उपयोगी बन्नसक्छ । पामेलले यो पुस्तकमा विजिनेश सुरु गर्नुअघि र गरिसकेपछि के के गर्न अत्यावश्यक हुन्छ भन्ने बिषयलाई राम्रो ढंगले व्याख्या गरेका छन् । उनले यो पनि बताएका छन् कि कसरी क्लाइन्टलाई आफूसँग टिकाइराख्न सकिन्छ । 

Nepal Investment Mega Bank Limited
Global IME Bank Limited
IME remit
Shivam Cement
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.