TRENDING
.jpg)
काठमाण्डौ । सहकारीमा व्यक्तिगत ५० लाखसम्म बचतको सीमा हटाइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यादेश प्रतिस्थापन विधेयक प्रमाणीकरण गरेसँगै कार्यान्वयनमा आएको संशोधित सहकारी ऐनमा व्यक्तिगत बचतकर्ताको निक्षेप सीमा हटाइएको हो ।
यससँगै अब निक्षेपकर्ताले सहकारी संस्थाको प्राथमिक पूँजीको १० प्रतिशतसम्म बचत गर्न पाउने छन् । यसअघि गत पुसमा सरकारले अध्यादेश जारी गर्दै व्यक्तिगत बचतकर्ताको निक्षेप सीमा तोकेको थियो ।
अध्यादेशमा एक प्रदेशभन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा ५० लाख रुपैयाँसम्म, एक जिल्लाभन्दा बढी कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा २५ लाख रुपैयाँसम्म र बढीमा एक जिल्लाभित्र कार्यक्षेत्र रहेको बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थामा १० लाख रुपैयाँसम्म बचत संकलन गर्न पाउने व्यवस्था गरिएको थियो ।