काठमाण्डौ । अमेरिकी राष्ट्रपति ट्रम्पले बुधबार औषधिमा कर लगाउने घोषणा गरेसँगै भारतीय औषधि उत्पादक कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ । बुधबार भारतीय औषधि उत्पादक कम्पनीहरुको सेयरमूल्यमा १.७ प्रतिशतको गिरावट आएको छ ।
अमेरिका भारतीय औषधिको लागि ठूलो बजार हो।
गत हप्ता भन्सार घोषणा गर्दा ट्रम्पले औषधिमा छुट दिएका थिए । तर ट्रम्पको बदलिएको अडानपछि फर्मा कम्पनीको सेयरमा ठूलो उतारचढाव आएको छ । बायोकोन, लौरस ल्याब्स र लुपिन जस्ता फार्मा कम्पनीले सबैभन्दा बढी घाटा व्होरेका छन् । यी फर्मा कम्पनीको सेयर ३ प्रतिशतदेखि ५ प्रतिशतसम्मले घटेको छ ।
अन्य ठूला कम्पनीमध्ये सन फार्मास्युटिकल इन्डस्ट्रिज, सिप्ला र डा रेड्डीज ल्याबोरेटरीको सेयर १ प्रतिशतदेखि २ प्रतिशतसम्मले घटेको छ ।
यद्यपि, ट्रम्पले लगाएको पारस्परिक करहरू लागू भएका छन्। ट्रम्पले औषधिमा कहिले र कति कर लगाउने भन्ने कुरा अहिलेसम्म स्पष्ट गरेका छैनन्। तर, उनले छिट्टै घोषणा गर्ने बताएका छन् ।
बुधबार भारतको फार्मा इन्डेक्समा समावेश सबै २० कम्पनीको सेयर घटेको छ । जसका कारण भारतको स्टक इन्डेक्स निफ्टी ५० पनि ०.५८ प्रतिशतले घटेको छ ।