काठमाण्डौ। दिनभर सामान्य अंकले तल माथि गर्दै गरेको बजारलाई विभिन्न इन्डिकेटरबाट नियाल्दा बिस्तारै सम्हालिएर बुलिस बन्दै गरको देखिन्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा मध्य ब्याण्डभन्दा माथि चलेको देखिन्छ । तर अपर ब्याण्ड सँगै हिड्न सकेको अवस्था छैन ।
त्यसैगरि, म्याक्डीबाट नियाल्दा केही समय पहिले नै बुलिस क्रस ओभर बनेको छ । हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन् । आरएसाआई र मनी फ्लो इन्डेक्समा पनि बिस्तारै बुलिस बन्दै गरको देखिन्छ ।
बजारलाई ५० दिने मूभिङ एभरेजबाट नियाल्दा पनि लामो समय यो विन्दुमा प्रतिरोध सामना गरेको देखिन्छ । मुभिङ एभरेज रेखाले बढ्दो बजारमा प्रतिरोध र घट्दो बजारमा र टेवा दिने गर्छ । हाल बजारले ५० दिने मूभिङ एभरेजमा प्रतिरोध सामना गरेको छ । यदि आगामी दिनमा बजार यहाँबाट पनि माथि लागेमा भने अप ट्रेन्ड लिन सक्ने छ ।
नोट: सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लगि सिफारिस भने होइन ।