काठमाण्डौ । पूतलीसडक स्थित गूठीको भवनमा बसेको सीडीएससीमा आज बिहानदेखि विद्युत आपूर्ति बन्द भएको छ । यही कारण आज दिन भर मेरो सेयर र सीडीएससीको सर्भर बन्द भएको छ ।
जस कारण पूँजीबजारका ६६ लाख लगानीकर्ता मारमा परेका छन् । एक ब्रोकरले अब यही कारण सेटलमेन्ट एक दुई दिन ढिला हुनसक्ने प्रतिक्रिया दिए ।
सीडीएससीका प्रवक्ता सुरेश न्यौपानेले दिएको जानकारी अनुसार आज बिहान सिहंदरबार स्थिट एकीकृति डेटा व्यवस्थापन केन्द्रमा विद्युत आपूर्ति अवरुद्ध हुँदा सीडीएससीको सिस्टम पनि रोकिएको थियो । अहिले सिंहदरबारस्थित डेटा सेन्टरमा विद्युत आपूर्ति सञ्चालनमा आइसकेको र अब एक दुई घण्टामा सीडीएससीको सिस्टम पनि सुचारु हुने प्रवक्ता न्योपानेले जानकारी दिए ।