काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले निर्धास्त समयभित्र दर्ता नभए फेसबुक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने बताएका छन् । काठमाण्डौमा शुक्रबार सञ्चारिका समूह नेपालको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् ।
उक्त अवसरमा मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सवै सामाजिक सञ्जाल प्ल्याट्फर्महरुले नेपालको नियम मान्नुपर्ने बताए । सरकार्ले विभिन्न सामाजिक सञ्जाल दर्ताका लागि थप गरेको एक महिनाको म्याद सकिनै लाग्दा समेत फेसबुक इन्स्टाग्रामलगायतका सामाजिक सञ्जाल दर्ता हुन नआएको उनले बताए ।
उनले सामाजिक सञ्जाललाई नियमन गर्नका लागि यो कदम चालिन लागेको उल्लेख गरे ।