काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले ८४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले केही संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।
यो सेयर संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र मोरङमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।
उक्त अवधिभित्र कुनै आवेदन नआएमा प्रचलित कानूनबमोजिम अन्य व्यक्ति तथा कम्पनीलाई उक्त सेयर बिक्री गरिने संस्थाले जनाएको छ । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय रुपैया तोकिएको छ ।