काठमाण्डौ । शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा दिएकी हुन् ।
चैत २० गतेदेखि शिक्षकहरु विभिन्न माग राखि सडक आन्दोलनमा रहेकै बेला भट्टराईले राजीनामा दिएकी हुन् ।
भट्टराई एमालेकी सांसद हुन् । उनी एमाले नेता एवं तत्कालीन मन्त्री स्व. रवीन्द्र अधिकारीकी श्रीमती पनि हुन् ।