काठमाण्डौ। पूँजी बजारमा सेयर लगानीकर्ताहरुको संख्या निरन्तर वृद्धि भईरहेको छ । सीडीएससीको तथ्यांकअनुसार हालसम्म मेरो सेयर लिने सक्रिय लगानीकर्ताहरुको संख्या ३९ लाख ८२ हजार ३४० पुगको छ ।
पछिल्लो समय धितोपत्र बोर्डले कम्पनीहरुलाई आईपीओ निष्कासनको अनुमति दिन थालेसँगै यस्तो संख्या बढेको हो । हाल अनलाइन मार्फत बिश्वका जुन सुकै ठाँउबाट पनि सेयर कारोबार गर्न सकिन्छ । अहिले खाता खोल्न तथा कारोबारको लागि ब्रोकरहाउस नै पुग्नु पर्ने बाध्यता रहेको छैन । यही कारण सेयरबजारमा आकर्षण पनि बढ्दो रहेको छ ।
पूँजीबजारमा मेरो सेयर लिनको कूल संख्या भने ५७ लाख ८३ हजार ४३७ जना पुगेका छन् । त्यसैगरि डिम्याट लिनेको संख्या हालसम्म ६७ लाख २० हजार ५२१ पुगेको छ । हाल डीपी र सेन्ट्रल केवासी लिनको संख्या ११७ पुगेको छ । धितोपत्र बजारमा ९२ वटा क्लियरियङ मेम्बर अर्थात ब्रोकरहरु रहेका छन् ।