काठमाण्डौ । अर्थ मन्त्रालयले अर्थतन्त्रले गति लिएको निष्कर्ष निकालेको छ ।
अर्थ मन्त्रालयले प्रकाशित गरेको अर्थ बुलेटिनमा भनिएको छ-'अर्थतन्त्रका बाह्य सूचक सबल र सुदृढ छन् भने आन्तरिक सूचकहरुमा सुधार हुँदै गएको छ । समग्रमा अर्थतन्त्रले गति लिएको छ ।'
बुलेटिनमा राजस्व परिचलानमा वृद्धि, पूँजीगत खर्चमा वृद्धि, करको दायरा विस्तारमा वृद्धि, वैदेशिक सहायता प्रतिबद्धतामा वृद्धि, नेप्से सुचकाङ्कमा वृद्धि, निर्यातमा वृद्धि, आयातमा वृद्धि लगायत उल्लेख छ ।
अर्थ मन्त्रालयले अर्थतन्त्रले गति लिएको भन्दै निश्कर्ष निकाल्नु पछाडिका मुख्य कारणहरु निम्नअनुसार उल्लेख गरेको छः
