काठमाण्डौ । आज दिनभर राम्रै अंकले बढेको बजार अन्त्यमा भने झिनो अंकले बढेर बन्द भयो । आज बजार बढ्दा कारोबार पनि बढेको छ । आजको बजारलाई प्राविधिक रुपमा बोलिङ्गर ब्याण्डबाट नियाल्दा मध्य ब्याण्ड अर्थात २७८० मा प्रतिरोध सामना गरेको छ ।
क्याण्डल स्टिकबाट नियाल्दा अघिल्लो कारोबारमा डोजी क्याण्डल बनेको बजारमा आज ‘ग्रेभ स्टोन डाजी’ बनेको छ । यी दुवै क्याण्डललाई अनिर्णयको क्याण्डल मानिन्छ । क्याण्डल स्टिकबाट नियाल्दा अझै एक दूई कारोबार पछि मात्रै बजारको दिशा प्रष्ट हुने देखिन्छ ।
म्याक्डीबाट नियाल्दा भने आज एमएसीडी लाइनले सिग्नल लाइनलाई माथिबाट काटेर बियरिस क्रसओभ बनेको छ । यो सँगै आज हिस्टोग्राम पनि नेगेटिभ बनेको छ । आरएसआई भने न्यूट्रल जोन ४४ को तहमा चलेको छ । पिभट् मार्फत नियाल्दा आज पिभट् प्वइन्ट २६७७ बाट तल खसेको बजारको सपोर्ट क्रमश ः २६२२ ,२५८७ र २५३२ विन्दुमा हुनसक्छ । त्यसैगरि, बढेमा भने २७१२,२७६७ र २८०२ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।