काठमाण्डौ । ग्रिन भेन्चर्स इनर्जीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्सें)मा सूचीकृत भएको छ । आज कम्पनीको ३१ लाख २५ हजार कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२५३ प्रतिशत लाभांश प्रदान गरेको थियो । सोही मध्येको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि उक्त बोनस सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।