मंगलवार, जेष्ठ ५,२०८३ 12:08:02
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 12:08:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नारायणघाट–बुटवल सडकखण्ड वैशाख ३१ गतेसम्म राति ६ घण्टा बन्द हुने

Laxmi Sunrise Bank Limited
नारायणघाट–बुटवल सडकखण्ड वैशाख ३१ गतेसम्म राति ६ घण्टा बन्द हुने
Shivam Cement

काठमाण्डौ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द हुने भएको छ । यो क्षेत्रमा सडक विस्तारका लागि थप आगामी वैशाख ३१ गतेसम्म सवारी आवागमन बन्द ग्िरने भएको हो ।  

यसअघि यही वैशाख १५ गतेसम्म राति ११ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाएर सडक विस्तारको काम गरिएकामा त्यसलाई  वैशाख ३१ गतेसम्म लम्बाइएको हो ।  

Bizshala
New Office
CG Motors

दाउन्ने क्षेत्रमा आगामी वैशाख ३१ गतेसम्म प्रत्येक दिन राति ११ देखि भोलिपल्ट बिहान ५ बजेसम्म आवागमन बन्द गरिने छ । गत चैत २७ देखि ३१ गतेसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उक्त खण्डमा यातायात सञ्चालनमा रोक लगाइ सडक विस्तार गरिएको थियो ।  

नारायणघाट–बुटवल खण्डको ११४ किलोमिटरमध्ये १०० किलोमिटर चार लेनमा तथा दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार हुनेछ । राजमार्ग बन्द गरेर सडकमा भएका खाल्डाखुल्डी पुर्ने र पहाडको भित्ता काट्ने काम भईरहेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

गत चैतको अन्तिम साता परेको सामान्य वर्षाका कारण हिलो हुँदा यहाँको सडकमा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको थियो । १७ अर्ब लागतमा सडक निर्माणको ठेक्का पाएको चाइना स्टेट इञ्जिनियरिङ कर्पोरेसनले हालसम्म तीनपटक म्याद थपिसकेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि तेस्रोपटक थप भएको म्याद २०८२ साउन ८ गतेसम्म रहेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.