काठमाण्डौ । भिजन इनर्जी एण्ड पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेको छ । वैशाख १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ २ गतेका लागि विशेष साधारण सभा डाकेको हो ।
उक्त सभा भर्चुअल माध्यम जुममार्फत बिहान ११ बजे आयोजना हुनेछ ।
सभामा कम्पनीको जारी पूँजीको २० प्रतिशत हुन आउने रकमको आईपीओ निष्कासन गर्ने र यस क्रममा नियमनकारी निकायबाट प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने प्रस्ताव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।