काठमाण्डौ । मुभिङ एभरेज भनेको सेयरको मुल्य तथा सूचकलाई मुभ गर्दै एभरेज निकाल्ने विधिलाई बुझिन्छ । यो विधिमार्फत बजारमा विशेषगरी ५ दिने, २० दिने ५० दिने र २०० दिने रेखाहरुको चाल हेर्ने गरिन्छ ।
मुभिङ एभरेजले घट्दो बजारमा सपोर्ट र बढ्दो बजारमा प्रतिरोधको काम गर्ने गर्छ । यो विधि पूँजीबजार तथा डेरिभेटिभ बजारमा प्रयोग गरिन्छ । बजारको छोटो समयको चाल हेर्न छोटो समयको मूभिङ एभरेजन निकालिन्छ भने लामो समयको चाल नियाल्न लामो समय कै मूभिङ एभरेजन निकाल्ने गरिन्छ ।
बजारमा अहिलेको अवस्था हेर्दा २०० दिने मुभिङ एभरेजमा सपोर्ट र ५० दिने मुभिङ एभरेजमा प्रतिरोध सामाना गरेको देखिन्छ । हालको बजारलाई २०० दिने रेखमा अर्थात २ हजार ६२३ विन्दुमा सपोर्ट लिएको छ । यो विन्दु भन्दा माथि रहुन्जेल बजार बुलिस नै हो । यद्यपी यो विन्दुबाट खसेमा भने बजारले केही समय करेक्सन पनि लिन सक्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।