मंगलवार, जेष्ठ ५,२०८३ 12:07:02
Bizshala
  • मंगलवार, जेष्ठ ५,२०८३ 12:07:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

वर्षमानको दाबी: 'राजावादी आन्दोलनमा भारतको समर्थन र सदभाव छैन'

Laxmi Sunrise Bank Limited
वर्षमानको दाबी: 'राजावादी आन्दोलनमा भारतको समर्थन र सदभाव छैन'
Shivam Cement

काठमाण्डौ । नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (बिजेपी)का विदेश विभाग प्रमुख विजय चौथाईवालाले नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तसँग भेटेका छन् ।  

दुई नेताबीच शुक्रबार भेटवार्ता भएको हो । भेटका क्रममा चौथाईवालेले नेपालमा केही समयअघि सुरु भएको राजावादी आन्दोलनमा भारतको कुनै सहयोग, समर्थन र सदभाव नरहेको बताएका पुनले दाबी गरेका छन् । 

Bizshala
New Office
CG Motors

 ‘भारत राजतन्त्रको पक्षमा छैन र त्यसका लागि भएका आन्दोलनमा सहयोग, समर्थन, सदभाव र छैन’, चौथाईवालेको भनाइ उद्धृत गर्दै पुनले भने ।  

यस्तै भारतको जम्मू–कश्मीर क्षेत्रस्थित पलगाममा गत ९ वैशाखमा भएको हमलाप्रति नेपाल सरकार, नेपालका राजनीतिक दल तथा नागरिक तवरबाट निन्दा भएकोप्रति चौथाईवालेले खुसी व्यक्त गरेको पुनले बताए । 

Garima Development Bank
Shivam Cement
IME remit

उक्त आक्रमणमा नेपाली नागरिक सुदीप न्यौपानेसहित २७ जनाको ज्यान नगएको थियो । ‘आतंकवादविरुद्ध नेपालले जनाएको ऐक्यबद्धताप्रति सराहना गर्न चाहन्छु’, चौथाइवालेले पुनसँग भनेका थिए ।  

चौथाइवालेसँग माओवादी केन्द्र र भाजपाबीचको सम्बन्धबारे पनि कुराकानी भएको जानकारी पुनले दिए । आफूहरुले दुई दलबीच विगतदेखिकै भाइचारा सम्बन्ध आगामी दिनमा थप सुदृढ भएर जाने विश्वास आपसमा व्यक्त गरेको उनको भनाइ थियो ।  

त्यस क्रममा चौथाइवालेले नेपाल–भारत सम्बन्ध सुदृढ गर्न पूर्ववर्ती पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले खेलेको भूमिकाको पनि प्रशंसा गरेको पुनले दाबी गरेका छन् ।  

तीन दिने नेपाल भ्रमणको सिलसिलामा बुधबार काठमाडौं आएका चौथाईवालेले प्रधानमन्त्री केपी ओली, पूर्वप्रधानमन्त्रीहरु काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस महामन्त्री गगनकुमार थापा, नेता डा. शेखर कोइराला, उदयशमशेर राणा र गृहमन्त्री समेत रहेका अर्का नेता रमेश लेखकसँग भेटेका थिए । भ्रमण सकाएर उनी आजै दिल्ली फर्कंदैछन् 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.