सोमबार, जेष्ठ ४,२०८३ 10:44:59
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 10:44:59
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सहकारी समस्या समाधानका लागि पीडितद्वारा सरकारलाई चिठ्ठा कार्यक्रमको प्रस्ताव

Laxmi Sunrise Bank Limited
सहकारी समस्या समाधानका लागि पीडितद्वारा सरकारलाई चिठ्ठा कार्यक्रमको प्रस्ताव
Shivam Cement

काठमाण्डौ। आन्दोलनरत सहकारी पीडितहरुले सहकारी समस्या समाधानका लागि चिठ्ठा कार्यक्रमको योजना सरकारसमक्ष प्रस्ताव राखेका छन् । शुक्रबार काठमाण्डौको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी चिठ्ठा योजनामा आफूहरुको प्रत्यक्ष सहभागितासहित कार्यान्वयन गरिए सफल हुने अध्यक्ष कुशलव केसीको जिकिर छ ।

Bizshala
New Office
CG Motors

सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)का अध्यक्ष कुशलव केसीले सहकारी समस्या समाधानको लागि ‘चिट्ठा कार्यक्रम’ अचुक शूत्र बन्ने जिकिर गर्दै सरकारले सो योजना लागु गर्नुपर्ने माग गरेका छन् । व्यक्तिहरुका बचतबाट सञ्चालकहरुले घर, जग्गा, गाडी, मार्टलगायतका स्थायी सम्पत्तिहरु बैंकमा धितो राखी ऋण लिएकोले पनि पीडितहरुको रकम फिर्ता हुन गाह्रो रहेको केसीले बताए । केसीका अनुसार ऋण मुक्त गर्न नसक्दा अरबौंको सम्पत्ति बैंकले कम मुल्याङकन गरी लिलाम गर्ने अवस्था रहेकोले त्यसलाई चिठ्ठाद्वारा व्यवस्थापन गर्न सकिने जानकारी दिए । ‘यो फर्मूलालाई व्यापारिक तथा ठगी गर्ने उद्देश्य नबनाई विशुद्ध परोपकारी भावबाट पीडितलाई न्याय दिन राज्य र महासंघको सहकार्यमा सम्पन्न गर्नुपर्छ,’ अध्यक्ष केसीले थपे ।

Garima Development Bank
Shivam Cement
IME remit

केसीले समस्या समाधान गर्न अव्यवस्थित सम्पत्तिहरुलाई चिठ्ठा कार्यक्रमद्वारा चिट्ठामा सहभागिता जनाउनेहरुलाई पहिलो पुरस्कार बापत २५ करोडको घर, दोस्रोमा १० करोडको घर, तेस्रोमा ५ करोडको घर र चौथोमा जग्गालगायतका भौतिक सम्पत्तिहरु पुरस्कारद्वारा वितरण गर्न सकिने केसीले बताए । यसरी चिठ्ठाद्वारा आएको रकमले बैंकको ऋण चुक्ता गर्ने, पीडितहरुको बचत फिर्ता गर्न सकिने बताउँदै केसीले भने,‘यसो गर्दा सामन्य रकमले खरिद गरिएको चिठ्ठाबाट व्यक्ति करोडपति हुने अवसरमा धेरैभन्दा धेरै व्यक्ति सहभागिता हुँदा देशलाई ठूलो संकटबाट बचाउन यो शूत्र ‘राम बाँण’ सावित हुने कुरा सरकारले बुझ्न जरुरी छ ।’ यसरी यो उपायलाई सरकारले सहजै नस्वीकारे बिद्रोहमा उत्रिएर कुनै दुर्घटना घटे त्यसको जिम्मेवार सरकारनै हुने केसीले चेतावनी दिए ।

पत्रकार सम्मेलनमा पीडित महिलाहरुले अर्धनग्न अवस्थामा आफ्ना पीडाहरु व्यक्त गर्दै अध्यक्ष केसीको शूत्रले आफूरुको बचत रकम फिर्ता हुनेप्रति आशा पलाएकोले पनि सरकारले सो प्रश्तावलाई आत्मसाथ गर्नुपर्ने धारणा रोखेकी थिइन् । महासंघका देवकुमार श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.