सोमबार, जेष्ठ ४,२०८३ 10:45:34
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 10:45:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

उद्योगी राठीलाई सरकारद्वारा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

Laxmi Sunrise Bank Limited
उद्योगी राठीलाई सरकारद्वारा लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान
Shivam Cement

काठमाण्डौ । ६ दशक देखि चियारोपण, प्रसोधन, बजारीकरण र निर्यातमा योगदान गरिरहेका उद्योगी राम कुमार राठीलाइ सरकारले लाइफटाइम अचिभमेन्ट आवर्ड प्रदान गरेको छ ।  

उद्योगी राठीलाइ २९औं राष्ट्रिय चिया दिवसका अवसरमा राष्ट्रिय चिया तथा कफी बिकाश बोर्डले अवार्ड प्रदान गरेको हो । कृषि तथा पशुपंची विकासमन्त्री एवम बोर्डका अध्यक्ष रामनाथ अधिकारी र बोर्डकाकार्यकारी निर्देशक फाइन्द्रराजपाण्डेले राठीलाइ दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरे ।  

Bizshala
New Office
CG Motors

राठी नेपालका पहिलो टि टेस्टर (चिया परिक्षक) हुन् । उनले टेस्टिंगप्लान्टेशन एंड म्यानुफ्याक्चारिंगमा स्नातकोत्तर गरेका छन् । पच्चिस बर्षको उमेरमा चीन गएका बेला त्यहाँको टि टेस्टिंग हेरे पछि उनि यस क्षेत्रतर्फ आकर्षित भएका थिए । चीनबाट फर्के लगत्तै राठी ईलाम टि गार्डेनमा पुगे त्यहाँ प्रबन्धकका रुपमा कार्यरत बेलायती नागरिकप्रोसर बाट चिया बारे आधारभूत ज्ञान लिए ।  

सन् १९६८ देखि १९७० सम्म डीसी धोष एण्ड कम्पनी प्रालि  कोलकत्ताको एक ब्यापारिक प्रतिष्ठानमा टि टेस्टर तालिममा  लिएर अभ्यास गरि उनि नेपाल फर्किएका थिए । उनले १९७२ मा आरके ओभेरसिज कम्पनी स्थापना गरेर चियाको निर्यात गर्न थाले क्ष्त्यति बेला उनि ईलामको चिया बजारीकरण  गर्न जर्मनी, डेनमार्क, स्विडेन, हल्याण्ड, बेलायत, फ्रान्स, स्विट्जरल्याण्ड, अस्ट्रिया, इजिप्टर इरान सम्म पुगेका थिय त्यस पछि उनको निर्यात ब्यापारमा गुणात्मक वृद्धि हुन थाल्यो ।  

Garima Development Bank
Shivam Cement
IME remit

विसं २०३३ सालमा हिमाल चिया उद्योग प्रालिको स्थापना भएको, विसं २०४६ सालमा पहाडी भेगमा नेपाल अधिराज्य भरिमा निजि क्षेत्र बाट चिया उत्पादन गर्ने पहिलो कारखाना ईलाम जिल्लाको मालुममा हिमालयन रेन्ज चिया उद्योग प्रालिको स्थापना गर्न सफल भएको उनले २०६३ मा झापाको हल्दीबारीमा सिटिसी चिया उत्पादन गर्न सुनकोशी चिया उद्योगको स्थापना, २०७२ मा ईलाम को शान्तिडाँडामा अर्गानिक चिया उत्पादन गर्नेहिमालयन भ्याली प्रालि उद्योग  स्थापना गरे ।  

हाल उनले ‘राकुरा’ ब्रान्डमा सिटिसी र अर्गानिक चिया उत्पादन, निर्यात गर्दै आएका छन् ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.