IME remit
  • बुधबार, कार्तिक १२,२०८२ 02:09:23
IME remit
Global IME Bank Limited

जापानका १३० जना बीमा कार्यकारीहरुको तलबमा ५०% को कटौती, बीमाशुल्क निर्धारणमा बदमासी गरेको आरोप

Hyundai Nepal
जापानका १३० जना बीमा कार्यकारीहरुको तलबमा ५०% को कटौती, बीमाशुल्क निर्धारणमा बदमासी गरेको आरोप
Shivam Cement

काठमाण्डौ । जापानका ४ निर्जीवन बीमा कम्पनीहले १३० जना कार्यकारीहरुको तलब ५० प्रतिशतले कटौती गर्ने भएका छन् । कर्पोरेट ग्राहक र सरकारी एजेन्सीहरुको प्रिमियम मूल्य निर्धारण घोटालामा संलग्न रहेको आरोपमा कम्पनीहरुले कार्यकारीहरुको तलब कटौती गर्न लागेका हुन् ।  

यससँगै जापानका चारवटा प्रोपटी तथा क्याजल्टी बीमा कम्पनीहरुले फाइनान्सियल सर्भिस एजेन्सी(एफएसए) समक्ष व्यवसाय सुधार योजना समेत प्रस्तुत गरेका छन् । सञ्चालनको बढी मूल्य निर्धारणलाई सुधार गर्न यस्तो कदम उठाउन लागिएको कम्पनीहरुले बताएका छन् ।  

टोकियो म्यारिन होल्डिङ इंकले कम्पनीको टोकियो म्यारिन एण्ड निचिडो फायर इन्स्योरेन्स कम्पनी युनिटका सभापति सिनिची हिरोजको मासिक तलब तीन महिनाका लागि ५० प्रतिशतले घटाइने जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
Shivam Cement

यस्तै युनिटले अध्यक्ष सातोरु कोमियाको मासिक तलब पनि तीन महिनाका लागि ३० प्रतिशतले घटाउने निर्णय गरेको छ । यस्तै कम्पनीले अन्य ५० वटा कार्यकारीहरुलाई समेत सजाय स्वरुप तलब कतौति गर्ने निर्णय गरेको छ ।  

यस्तै सोम्पो होल्डिङस् इंकले पनि आफ्ना ग्रुप अन्तर्गतका ५० भन्दा बढी कार्यकारीहरुको तलब कटौती गर्ने जनाएको छ । यसमा ग्रुपका अध्यक्ष तथा सीईओ कंगो साकुरादाको तलब ५० प्रतिशतले घटाउने निर्णय समावेश छ ।  

मित्सुई सुमीतोमो इन्स्योरेन्स कम्पनी र एईओइ निस्से डोआ इ्रन्स्योरेन्स कम्पनीले पनि अध्यक्ष,सीईओ लगायतका दर्जभन्दा बढी कार्यकारीहरुको तलब कटौती गर्ने घोषणा गरेको छ ।  

चार बीमा कम्पनी गोप्य रुपमा मिलेर कर्पोरेट ग्राहक र सरकारी एजेन्सीहरुको प्रिमियम निर्धारण गरेको पाइएपछि एफएसएले गत डिसेम्बर महिनामा यी चार बीमा कम्पनीलाई आफ्नो सञ्चालन सुधार गर्न निर्देशन दिएको थियो । यो प्रकरण एकभन्दा बढी बीमा कम्पनीहरुले संयुक्त रुपमा अन्डरराइट गर्ने बीमामा घटेको थियो । बीमा कम्पनीहरुले अधिक दाबीबाट बच्नका लागि ठूला ग्राहकहरुका लागि साझेदारयुक्त कभरेज प्रदान गर्ने गर्छन ।    -एजेन्सी

CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
New Office
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.