काठमाण्डौ । सोमबार स्टक ब्रोकर एसोसियसन अफ नेपालका पदाधिकारीहरुले धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई भेटेका छन् । सो भेटमा धितोपत्र दलाल व्यबसायिहरुले विभिन्न माग समेत राखेका छन् । जसमा हाल कायम रहेको चूक्तापूँजी बढाउने समय सीमा थप गर्नुपर्ने जस्ता माग राखिएका छन् ।
हाल ८ वटा ब्रोकरहरुले धितोपत्र बोर्डले तोकेको पूँजी पुर्यायता पनि पुराना ब्रोकरहरुमा ३० वटा ब्रोकरहरुले पूँजी पुर्याउन सकेका छैनन् । त्यसैगरि ब्रोकरहरुले धितोपत्र बोर्डलले हालको नियामवली परिवर्तन गरेर आफ्नै ब्रोकरबाट सेयर कारोबार गर्न पाउनु पर्ने ब्यबस्था गर्न पनि माग गरेको स्टक ब्रोकर एसोसियन अफ नेपालका अध्यक्ष सागर ढकालले जानकारी दिए ।
हाल ब्रोकरहरुले आफ्नै ब्रोकरबाट सेयर कारोबार गर्न नपाउने व्यबस्था रहेको छ । यो सँगै ब्रोकरहरुले बैंकका सहायक कम्पनीहरुमार्फत सेयर कारोबार गर्दा दुबिधा उत्पन्न भएको भन्दै उक्त व्यबस्था पनि संसोधन गर्न माग गरेका छन् ।