काठमाण्डौ । अर्गा भगवती भेन्चर्स प्रालि र कुमारी क्यापिटल लिमिटेडबीच आईपीओ निष्कासनसम्बन्धी सम्झौता सम्पन्न भएको छ ।
जसअन्तर्गत अर्गा भगवतीको नविकरणिय सौर्य परियोजनालाई संस्थागत परामर्श सेवा अन्र्तगत वे टु लिस्टिङमार्फत कम्पनीलाई सूचिकरण हुँदासम्म गर्नुपर्ने सम्पूर्ण कार्यहरु जस्तै, कम्पनी कन्भर्जन ,सार्वजनिक निष्काशन लगायतका सम्पूर्ण कार्यहरु नियमकनिकायहरुसँगको समन्वयमा पुरा गर्ने गरी कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
सम्झौतामा अर्गा भगवती भेन्चर्सका सञ्चालक समितीका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।
अर्गा भगवती भेन्चर्सले, हाल अर्घाखाँची जिल्लामा १० मेगावाटको नविकरणिय सौर्य उर्जा उत्पादनको निर्माण कार्य अनवरत रुपमा अगाडी बढाईरहेको छ । छोटो समयमा नै आयोजनाका सम्पूर्ण कार्यहरु सम्पन्न गरी विद्युत उत्पादनलाई राष्ट्रिय प्रसारण लाईन मार्फत वितरण गरी देशको आर्थिक समबृद्धीमा टेवा पुर्याउने र स्वच्छ वातावरण प्रवद्र्धन गर्ने लक्ष्य रहेको जानकारी कम्पनीका अध्यक्षले दिए ।
हालै मात्र वित्तीय व्यवस्थापनको रुपमा प्राइम कमर्सियल बैंक लिमिटेड मार्फत फाइनान्सियल क्लोजर सम्पन्न गरिसकेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                        .jpg) 
                                        (1)(1).jpg) 
                                        (4)(1)(1).jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                