काठमाण्डौ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफामा ५७.६५ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ११ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले अघिल्लो आवको सोहि अवधिसम्म भने २७ करोड ४२ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले समीक्षा अवधिसम्म ७२ करोड ४ लाख रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधकिो तुलनामा ८.१६ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आवको तेस्रो त्रैमाससम्ममा ७८ करोड ४४ रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको कुल आम्दानी १ अर्ब १० करोड रुपैयाँ रहेको छ । यो रकम अघिल्लो आवको तुलनामा १३.३१ प्रतिशतले कम हो । तेस्रो त्रैमाससम्म कम्पनीले ४९ करोड ५५ लाख रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ ।
तेस्रो त्रैमाससम्म कम्पनीले ९४ करोड २१ लाख रुपैयाँबराबरको कुल खर्च गरेको छ । जुन अघिल्लो आवको तुलनामा ८.५७ प्रतिशतले बढी हो ।
कम्पनीको महाविपत्ती कोषको आकार ४ करोड ३६ लाख र रिटेन्ड अर्निङ १६ करोड ५८ लाख रुपैयाँबराबर रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)घटेको छ । कम्पनीको ईपीएस १७.४१ रुपैयाँबाट घटेर ७.३७ रुपैयाँ कायम भएको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १८९.५९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३५८.१८ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८५.५१ गुणा र तरलता अनुपात १.१३ प्रतिशत कायम भएको छ ।