काठमाण्डौ । छ्याङदी हाइड्रोपावरको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरका लागि नेप्सेमा कम्पनीको सेयरमूल्य समायोजन भएको हो ।
समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २८९.११ रुपैयाँ कायम भएको छ ।
समायोजन हुनुअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४७८.२२ रुपैयाँ कायम थियो । आइतबारको कारोबारदेखि कम्पनीको सेयर नयाँ समायोजित मूल्यका आधारमा कारोबारमा आउनेछ । कम्पनीले शतप्रतिशत अर्थात ३८ करोड ६९ लाख ७७ हजार ५ सय रुपैयाँ बराबरको रु. १०० अंकित दरका ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद निष्कासन गर्नेछ ।