सोमबार, जेष्ठ ४,२०८३ 10:45:51
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 10:45:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

विष्णु अग्रवालविरुद्ध लेखिएको समाचार हटाउन अदालतको आदेश, मिडियाको नाममा अन्तरिम आदेश

Laxmi Sunrise Bank Limited
विष्णु अग्रवालविरुद्ध लेखिएको समाचार हटाउन अदालतको आदेश, मिडियाको नाममा अन्तरिम आदेश
Shivam Cement

काठमाण्डौ । अटो व्यवसायी तथा लाइफ अटो मोवाइल प्रालिका सञ्चालक विष्णु अग्रवालले आफ्नो चरित्रहत्या गरेको आरोपसहित दायर गरेको मुद्दामा अदालतले समाचार प्रकाशन तथा प्रसारण गर्ने मिडिया हाउसको नाममा अन्तरिम आदेश जारी गरेको छ । 

Bizshala
New Office
CG Motors

काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश रामचन्द्र खड्काको एकल इजलासले सयपत्री मिडिया प्रालिविरुद्ध लाइफ अटो मोवाइल प्रालिले दायर गरेको मुद्दामा विष्णु अग्रवालमाथि क्षति पुर्याइरहेको भन्ने तथ्य प्रथम दृष्टिमै देखिरहेको भन्दै सो निवेदन अन्तिम टुंगो नलागेसम्म अग्रवाल र उनको एमएडब्ल्यू कम्पनीविरुद्ध प्रकाशित सञ्चार सामाग्री अब विपक्षी मिडिया सयपत्री मिडिया प्रा.लि.समेतका सञ्चारमाध्यम तथा अनलाइन समेतमा प्रकाशन प्रसारण नगर्नु नगराउनु र प्रकाशन प्रसारण गरिसकेका उक्त सामाग्री थप सम्प्रेषण हुन नदिनु, आफ्ना सबै अनलाइन माध्यमबाट तुरुन्तै हटाउन लगाउनु भनी जेठ ५ गते अन्तरिम आदेश जारी गरेको हो ।

Garima Development Bank
Shivam Cement
IME remit

 निवेदन लाइफ अटो मोवाइल प्रालिका सञ्चालक विष्णु अग्रवालको एमएडब्ल्यू फ्रड गाडी बेचेर आफैंले कब्जामा लिई सवारी धनीको रुवाबासी इभीमा समस्यै समस्या, गाडी आयातमा भन्सार छलेर राज्यमाथि लुट मच्चाउने र जसरी हुन्छ ठगी गर्ने लगायतको शीर्षकमा विपक्षी(सयपत्री मिडिया)हरुले यूट्यूब च्यानल योहो टेलिभिजन एचडी, समयचक्र नामक कार्यक्रम र उनीहरुको फेसबुक पेज योहो टिभी एचडीमा लगायत विद्युतीय आम सञ्चारमाध्यममा प्रकाशित गरी निरन्तर सम्प्रेषण भएका सामाग्रीले अग्रवाललाई क्षति पुर्याएको अदालतको प्रारम्भिक ठहर छ ।  

अदालतको आदेशको विषयमा सयपत्री मिडियाको तर्फबाट कुनै प्रतिक्रिया प्राप्त भइसकेको छैन ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.