• बिहीबार, भाद्र २६,२०८२ 08:56:00
Global IME Bank Limited

सबै खालका व्यवसायको दर्ता निःशुल्क हुँदै, नवीकरण गर्ने झञ्झट पनि हट्दै

Hyundai Nepal
सबै खालका व्यवसायको दर्ता निःशुल्क हुँदै, नवीकरण गर्ने झञ्झट पनि हट्दै

काठमाण्डौ । सरकारले अबको एकवर्षभित्र सबै खालका व्यवसायको दर्तालाई निःशुल्क बनाउने भएको छ ।  

अर्थ मन्त्रालयले आर्थिक सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक गर्दै एक वर्षभित्र सबै किसिमका व्यवसाय दर्ता निःशुल्क गरिने घोषणा गरेको हो । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस्तै, एक वर्षभित्र नै व्यवसाय नवीकरण गर्नुपर्ने व्यवस्था समेत हटाइने भएको छ । आयकर दाखिला गरिरहेको छ भने व्यवसाय चलिरहेको छ भन्ने जानकारी स्वतः हुने व्यवस्था गर्ने कार्ययोजनामा उल्लेख छ ।  

यसैगरी, आन्तरिक राजश्व कार्यालयको सूचना प्रणालीबाट कम्पनी रजिष्टार कार्यालयको कम्पनी दर्ता प्रणालीमा कर चुक्ताको विवरण स्वचालित रुपमा जाने गरी प्रणालीबीच सम्बन्ध स्थापित गरिने घोषणा समेत भएको छ । यो काम चाहिँ ६ महिनाभित्रै गरिसक्ने कार्ययोजनामा उल्लेख छ ।  

आगामी दुई वर्षभित्र सबै किसिमका व्यवसाय, प्राइभेट फर्म, साझेदारी फर्म र कम्पनी एकै निकायमा दर्ता गर्ने एकल दर्ता निकाय कायम गर्ने घोषणा समेत भएको छ । 

यस्तै, व्यवसाय तथा कम्पनी दर्ता, नवीकरण र अद्यावधिकसम्बन्धी सबै प्रक्रिया र आवश्यक कागजात बुझाउने काम अनलाइनमार्फत गर्ने व्यवस्था मिलाइने कार्ययोजना समेत रहेको छ । यो काम पनि २ वर्षभित्र सम्पन्न गरिसक्ने अर्थको योजना छ ।  

व्यवसाय दर्ता प्रमाणपत्र र स्थायी लेखानम्बर एकैसाथ उपलब्ध हुने व्यवस्था १ वर्षभित्र कार्यान्वयनमा आउने बताइएको छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.