काठमाण्डौ । नेप्सको दैनिक चार्टमा आज ड्रागन फ्लाई डोजी बनेको छ । सेयर तथा सूचकको सुरु, अन्तिम र अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो देखिएको मैनबत्तीलाई ड्रागन फ्लाई डोजी भनिन्छ । यो मैनबत्ती अंग्रेजी अक्षरको ‘टी’ आकारको हुन्छ ।
यसले दिनभरको कारोबार समय बिक्रेताले नियन्त्रण लिएको र कारोबारको अन्तिम समयमा क्रेताले बजारलाई माथि धकेली पुनः सुरुको मूल्य तथा सूचकमा पुर्याएको हुन्छ । यो मैनबत्तीले तलको लामो धागोले बजारमा क्रेताको चाप रहेको कुरालाई संकेत गर्छ भने माथीको छोटो धागोले बिक्रेताको अझै कायम रहेको बुझिन्छ ।
लामो समयको घट्दो ट्रेन्डमा यस्तो आकृति देखा परेमा बजारले बुलिस ट्रेन्डमा जाने संकेत गर्छ। यसअघि यस्तै आकृति बन्दा बजार बुलिस बनेको थियो ।
यसविपरीत यदि लामो समयको बढ्दो ट्रेन्डमा यस्तो आकृति देखा परेमा भने बजार बियरिसमा जाने संकेत गर्छ । हाल घट्दो बजारमा यस्तो आकृति बनेको कारण बजारको माथीको यात्रा तय गर्न सक्ने बुझिन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।