Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

Global IME Bank Limited
मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह
Nabil Bank Limited

काठमाण्डौ । नेपाल उद्योग परिसंघले मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न गरेको छ । 

मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध उद्योगी सदस्यहरुको समस्या एवं समाधानका विषयमा छलफल गर्दै कार्यक्रम सम्पन्न भएको हो । 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्यक्रममा नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सचिवद्धय मुकुन्द प्रसाद निरौला, नारायण प्रसाद शर्मा दुवाडीलगायतको उपस्थिती थियो ।

कार्यक्रममा मेक इन नेपाल स्वदेशी अभियानले हालसम्म गरेका विभिन्न कार्यहरुका विषयमा जानकारी समेत गराइएको थियो । 

नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले परिसंघले स्वदेशी अभियानमा आवद्ध उद्योगहरूका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रबद्र्धन गर्ने लगायतका गतिविधिहरु संचालन गरिरहेको बताए ।

स्वदेशी उत्पादनको प्रबद्र्धनका लागि वार्षिक बजेटमा नीतिगत सुझाव दिने, आन्तरिक एवं बाह्य सञ्जालमा स्वदेशी वस्तु तथा सेवाको पहुँच बढाउन राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थाहरुसँग सहकार्य, बिजनेश टू बिजनेस (बीटूबी) पोर्टल संचालनलगायतका कार्य गरिरहेको उनले जानकारी गराए । 

मुख्य सचिव डा. अर्यालले सरकारी एवं सार्वजनिक संस्थानहरुलाई स्वदेशी वस्तु खरिदका लागि आवश्यक वातावरण सरकारले बनाउने भन्नुहुँदै निजी क्षेत्रलाई समेत स्वदेशी वस्तुहरु खरिद गर्न आग्रह गरे । 

कार्यक्रममा परिसंघका उपाध्यक्षद्धय वीरेन्द्रराज पाण्डे, अमित मोर, मेक इन नेपाल स्वदेशी वर्किङ्ग समिति सभापति हितेश गोल्छा, महानिर्देशक दीपकराज जोशी, सीएनआई जडिबुटी सम्बन्धि समिति उपसभापति प्रेम तिवारी, सीएनआई महिला नेतृत्व फोरम सदस्य रिता भण्डारीलगायतले कानूनी सुधार, भूमी, जडिबुटी, साना तथा मझौला एवं ठूला उद्योगहरुका समस्या एवं समाधानका विषयमा प्रस्तुतीकरण दिएका थिए । 


Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
CG Motors
IME remit
Mahalaxmi Development Bank
New Office

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.