काठमाण्डौ । ‘नेपालको कपडा तथा तयारी पोशाक क्षेत्रमा दिगोपन प्रवर्द्धन’ शीर्षक कार्यक्रम २०८२ जेठ १३ गते काठमाण्डौमा सम्पन्न भएको छ । कार्यक्रम गार्मेन्ट एशोसिएसन नेपाल र सोलिडारीदाद एसिया नेटवर्कको संयुक्त आयोजनामा सम्पन्न भएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै गार्मेन्ट एशोसिएसन नेपालका अध्यक्ष तथा कार्यक्रमका सभापति पशुपतिदेव पाण्डेले सोलिडारिदादसँग सहकार्य गर्दै नेपाली कपडा तथा तयारी पोशाक उद्योग माडी–कार्बनाइजेशन, जल प्रयोगको अनुकूलन, रसायन प्रयोगमा कमी तथा समग्र सशक्तिकरणमा केन्द्रित भई दिगोपनका उपायहरू अघि बढाउनेमा जोड दिए । उनले दीर्घकालीन प्रतिस्पर्धात्मकता र वातावरणीय उत्तरदायित्वका लागि यस्तो सहकार्य अपरिहार्य भएको बताए।
सोलिडारिदाद एसियाका प्रबन्ध निर्देशक सातार्दुचट्टोपाध्यायले संस्थाको ५६ वर्षको इतिहास र ५६ देशमा रहेको उपस्थितिबारे जानकारी दिए।उनले व्यापारमार्फत विकासको दृष्टिकोण प्रस्तुत गर्दै भारतको पानीपतमा गरिएको उदाहरण प्रस्तुत गरे।
जहाँ रसायन प्रयोग २२ प्रतिशतले घटाइएको, ऊर्जाखपत कम गरिएको, कार्बन उत्सर्जन घटाइएको, फोहोर व्यवस्थापन सुधारिएको र आर्थिक लाभ समेत हासिल गरिएको उनको भनाइ छ। उनले यस्ता अभ्यासहरू नेपालमा पनि कार्यान्वयन गर्न सकिने विश्वास व्यक्त गरे।
सोलिडारिदाद एसियाका प्रदूषण व्यवस्थापन प्रमुख तत्हेरजैदीले कपडा र छाला उद्योगमा फोहोर व्यवस्थापनको महत्त्वमाथि प्रकाश पारे।यस्ता अभ्यासहरू वातावरणीय संरक्षणसँगै आर्थिक लाभका दृष्टिकोणले पनि अत्यावश्यक रहेको उनको भनाइ थियो।
सोलिडारिदाद कैयो जना, नवप्रवर्तन तथा सिकाइ विभाग प्रमुख नितिनरावले जोखिम मूल्यांकन र सजगताका उपायहरू अवलम्बन गर्नुपर्नेमा जोड दिए।उनले आत्म–मूल्यांकनको लागि संस्थाको टूलकिट प्रस्तुत गर्दै नेपाली उद्योगहरूसँग सहकार्य गर्न इच्छुक रहेको बताए।
क्षेत्रीय अनुभवको सन्दर्भमा सेली मरेजाहसनले बंगलादेशको तयार पोशाक उद्योग सस्तो श्रमबाट सुरु भएपनि अहिले प्रतिस्पर्धी शक्ति प्राप्त गरिसकेको उल्लेख गरे। उनले यस क्षेत्रको गहिरो विश्लेषण, नेट–शून्य अनुपालन, श्रमिकको उत्पादकत्व वृद्धि जस्ता विषयहरूमा बल दिएर क्षेत्रीय सहकार्यलाई आवश्यक ठहर गरे।
त्यस्तै, श्रीलंकाकी देशीय प्रमुख अनिता मुनासिंघेले श्रीलंकामा तयार पोशाक उद्योग जीडीपीमा ठूलो योगदान भएको जनाउँदै सरकार र निजीक्षेत्रबीचको सहकार्य तथा सोलिडारिदादले प्रविधिक सल्लाहकारको रूपमा खेलेको भूमिकाबारे जानकारी दिए।चेम्वर अफ कमर्शका अध्यक्ष किरण साखले १९८० को दशकपछि नेपालमा यस उद्योगको फड्को मारेको र सहायक उद्योगहरूको विकास र हालका समस्याहरू विशेष गरी उच्च ढुवानी लागतका बारेमा चर्चा गरे। उनले यस्ता चुनौतीहरूको समाधानका लागि संयुक्त प्रयास गर्नुपर्नेमा जोड दिए।
एफएनसीसीआईका उपाध्यक्ष हेमराज ढकालले यस्ता दिगो अभ्यासहरूलाई महासंघले सधैँ साथ दिने प्रतिवद्धता व्यक्त गरे।
सोलिडारिदाद नेटवर्कका अन्तर्राष्ट्रिय सुपरिवेक्षण बोर्डका सदस्यहरूले पनि आफ्ना धारणा राखे।बोर्ड अध्यक्ष शाह मिनजमानले व्यवसाय सञ्चालनको उच्च लागतबारे चर्चा गर्दै सोलिडारिदादले भ्ग्निर्यात फ्रेमवर्कमा सहयोग प्रदान गर्न सक्ने र वातावरणीय तथा सामाजिक प्रभावको मापन जरुरी भएको उल्लेख गरे।
डा एम एच मेहताले वातावरणमैत्री समाधानको लागि साझा रोडम्याप आवश्यक रहेको र सबै प्रकारको सहयोग उपलब्ध गराउन तयार रहेको बताए।