सोमबार, जेष्ठ ४,२०८३ 09:40:10
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 09:40:10
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भीरकोटमा ‘कृषि तथा पशु विकास परियोजना’ सुरु

Laxmi Sunrise Bank Limited
भीरकोटमा ‘कृषि तथा पशु विकास परियोजना’ सुरु
Shivam Cement

काठमाण्डौ । स्याङ्जाको भीरकोटमा ‘कृषि  तथा पशु विकास परियोजना’ सुरु भएको छ । भीरकोट नगरपालिकाका विपन्न र न्यून आय भएका परिवारलाई आयआर्जनमा जोडेर गरिबी निवारण गर्ने उद्देश्यले परियोजना सुरु गरिएको भीरकोट नगरपालिकाले जनाएको छ ।

कृषि र पशुका माध्यमबाट नगरवासीको आर्थिक स्तरमा सुधार ल्याउने गरी पालिकाले साझेदार संस्था हेफरसँग मिलेर काम गर्न सुरु गरेको नगरप्रमुख गोविन्द कुमार कर्माचार्यले जानकारी दिए । नगरका अधिकांश भाग पहाडी क्षेत्र भएको भीरकोटमा  कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेर उत्पादनसँगै बजारीकरण गर्ने उद्देश्यले विशेष कार्यक्रम सुरु गरिएको छ ।

Bizshala
New Office
CG Motors

परियोजनाले कृषि तथा पशु उद्यम अन्तर्गत महिला समूहलाई परिचालन गरी काम गर्नेछ । कार्यक्रमले कृषि उत्पादन र बजारीकरण महत्वपूर्ण सहयोग पुर्याउने नगरपालिकाले विश्वास लिएको छ । महिला तथा पछाडि परेको समुदायलाई परियोजनाले उद्यमशीलतामा जोड्ने प्रयास गरिने भएको छ ।  

नगरका नौं वडाका न्यून आय भएका घरपरिवार पहिचान गरी तत्काल काम अगाडि बढाइने हेफरका वरिष्ठ कार्यक्रम प्रबन्धक प्रेम साम्बयुले जानकारी दिए । उनका अनुसार विपन्न तथा न्यून आय भएका महिला तथा युवा लक्षित कार्यक्रम सञ्चालन हुनेछ ।  

परियोजनाले बैंकसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहका लागि समेत काम गर्ने पालिकाले जनाएको छ । हेफरले परियोजनामा भीरकोट नगरपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत साझेदारी रहने पालिकाले जनाएको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

भीरकोट नगरपालिकाको समन्वयमा हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थाको सहकार्यमा परियोजना सञ्चालन हुनेछ । २० महिने अवधिका लागि संचालन हुने परियोजनाका लागि तीन करोड ५० लाख रुपैयाँको बजेट विनियोजन गरिएको नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिए ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.