मंगलवार, असार १०,२०८२ 02:32:46
  • मंगलवार, असार १०,२०८२ 02:32:46
Global IME Bank Limited

‘टेक एण्ड पे’ले गठबन्धन सरकारको भविष्य धरापमा, देउवाको कडा चेतावनी

Hyundai Nepal
‘टेक एण्ड पे’ले गठबन्धन सरकारको भविष्य धरापमा, देउवाको कडा चेतावनी
Nabil Bank Limited

काठमाण्डौ । आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिएको ‘टेक एण्ड पे’ प्रावधानका कारण सत्तारुढ गठबन्धनमै तनाव चुलिएको छ। 

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले यस प्रावधान नहटाए गठबन्धन सरकारको भविष्य नै धरापमा पर्ने संकेत दिएका छन्।

CG Motors
Muktinath Bikas Bank Limited

सोमबार प्रतिनिधिसभामा रहेको आफ्नो कार्यकक्षबाट कांग्रेस सभापति देउवाले अर्थमन्त्री विष्णु पौडेललाई टेलिफोन गर्दै बजेटमा उल्लेख गरिएको ‘टेक एण्ड पे’को व्यवस्था तत्काल हटाउन कडा शैलीमा माग गरेका थिए।

“यो व्यवस्था तुरुन्त हटाउनू, नहटाए बजेट पास हुने अवस्था हुँदैन,” देउवाले पौडेललाई भनेको स्रोतले जनाएको छ।

उनले अर्थमन्त्रीसँगको कुराकानीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग समेत टेलिफोन संवाद गरेका थिए। प्रधानमन्त्रीसँगको कुराकानीमा देउवाले स्पष्ट रूपमा भनेका थिए, “यहाँजस्तो हुँदैन, मेरो पार्टीमा त खुलेर विरोध गर्ने पनि हुन्छन्। यो व्यवस्था फिर्ता गरिएन भने बजेट पास गर्न कठिन हुन्छ। त्यसले सरकारको स्थायित्व पनि असरमा पर्न सक्छ।”

नेपाली कांग्रेसले यसअघि नै ‘टेक एण्ड पे’ निजी क्षेत्रलाई अनावश्यक दबाब दिने र उद्यमशीलता कमजोर पार्ने प्रावधान भएको भन्दै सार्वजनिक रूपमा आपत्ति जनाउँदै आएको छ।

एकातिर सरकार भोलि बजेट पास गर्ने तयारीमा छ भने अर्कोतर्फ सत्तारुढ दलभित्रै यसरी असन्तोष चुलिनु गठबन्धनको एकतामा प्रश्न उठाउने खालको संकेत देखिएको छ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.