काठमाण्डौ । नेपालका लागि विश्व प्रसिद्ध दक्षिण कोरियाली अटोमोबाइल कम्पनी ‘किया’ का अधिकृत बिक्रेता कन्टिनेन्टल टे«डिङ इन्टरप्राइजेज प्रालिले विराटनगरमा सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले नया ‘किया सीआई २.०’ मापदण्ड अनुसार अपडेटेड सोरुम खोलेको हो ।
कार्यक्रममा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजबाट प्रमुख सदस्यहरू उपस्थित िथए । जसमा अटो डिभिजनका असिस्टेन्ट जेनेरल म्यानेजर मन्जीत कुमार पोखरेल, काठमाण्डौ शोरुम गैरीधाराका सेल्स म्यानेजर विनय श्रेष्ठ, मार्केटिङ अफिसर निरात न्यौपाने र नयाँ विराटनगर शोरुमका शोरुम इन्चार्ज कुशल लामिछाने लगायतका व्यक्तिहरू उपस्थित थिए ।
नेपालको पूर्वी क्षेत्रमा कियाको उपस्थिति र पकड विस्तार बढाउन विराटनगरमा सोरुम पूर्ण–सञ्चालनमा ल्याउन आवश्यक परेको मन्जीतकुमार पोख्रेलले बताए ।
कन्टिनेन्टल टे«डिङ इन्टरप्राइजेज प्रालिको सञ्चालनअन्तर्गत यो नयाँ सोरुममा विश्वविख्यात दक्षिण कोरियाली अटो ब्रान्ड कियाका नेपालमा उपलब्ध सबै भेरियन्टका इन्धन र विद्युतीय सवारीसाधन उपलब्ध हुनेछन् ।
सोरुम सुरु गरेको उपलक्ष्यमा कम्पनीले तीनदिने फ्ल्यास एक्सचेन्ज क्याम्प पनि आयोजना गर्न लागेको छ । असार १४ देखि १६ सम्म (जुन २८ देखि ३० सम्म) चल्ने ‘किया फ्लाश एक्सचेन्ज क्याम्प’मा जुनसुकै पुराना गाडीसँग कियाका नयाँ गाडी साट्न सकिनेछ । सो अवसरमा एक्सचेन्जका लागि ल्याइने पुराना गाडीलाई आकर्षक मूल्य प्रदान गरिने कम्पनीले जनाएको छ । यो अफर एक्सचेन्ज क्याम्प अवधिमा बुकिङ हुने सवारी साधनमा लागू हुनेछ ।
क्याम्पमा कियाका गाडीहरुको टेस्ट ड्राइभ पनि गर्न पाइनेछ । सो अवसरमा कियाका नयाँ फेसलिफ्ट सेल्टोस, सोनेट र कारेन्सको २०२५ मोडलको टेस्ट ड्राइभ गर्न पाइनेछ । त्यसैगरी गाडी खरिदकर्तालाई सहज तरिकाले बैंक, वित्तीय संस्थाबाट फाइनान्सको व्यवस्था मिलाइएको छ । कम्पनीले क्याम्पमा बिक्री हुने गाडीमा रोड ट्याक्स र एक वर्षको सम्पूर्ण बीमा आफैंले व्यहोर्ने नीति लिएको छ ।