मंगलवार, असार १७,२०८२ 04:54:15
  • मंगलवार, असार १७,२०८२ 04:54:15
Global IME Bank Limited

म्युचुअल फण्डहरुको नाफा र न्याभमा देखियो सुधार, सेयर बजारमा रु.४३.२६ अर्ब लगानी

Hyundai Nepal
म्युचुअल फण्डहरुको नाफा र न्याभमा देखियो सुधार, सेयर बजारमा रु.४३.२६ अर्ब लगानी
Nabil Bank Limited

काठमाण्डौ । म्युचुअल फण्डहरुको नाफामा सुधार देखिएको छ । सञ्चालनमा रहेका म्युचुअल फण्डहरुले जेठ मसान्तसम्म समग्रमा ३ अर्ब ७० करोड ३३ लाख रुपैयाँ नाफा कमाएका छन् ।  

यो नाफा वैशाखको तुलनामा १.३१ प्रतिशत बढी हो । वैशाख महिनामा फण्डहरुले ३ अर्ब ६५ करोड ५६ लाख रुपैयाँ नाफा कमाएका थिए । म्युचुअल फण्डहरुको सेयरबजारमा ठूलो लगानी रहेको छ हुन्छ । बजार घटबढ हुने बित्तिकै फण्डहरुको वित्तीय अवस्था नै फेरबदल हुने अवस्था आउँछ ।  

जेठ महिनामा अधिकांश फण्डको नाफा वैशाखको तुलनामा बृद्धि देखिएको छ । वैशाख महिनाको अन्तिम कारोबार दिन २६२० विन्दुमा रहेको नेप्से परिसूचक जेठ महिनाको अन्तिम कारोबार दिनसम्म आइपुग्दा १.३४ प्रतिशतले बृद्धि भई २६५५ विन्दुमा पुगेको छ । यसकारण पनि अधिकांश फण्डको नाफामा सुधार देखिएको हो ।  

फण्डहरुको नाफासँगै प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ)मा पनि सुधार देखिएको छ भने सेयरबजारमा  लगानी बढाएर यसको भ्यालु पनि उल्लेख्य बृद्धि भएको देखिएको छ ।  

जेठ महिनासम्म चारवटा म्युचुअल फण्ड घाटामा देखिएका छन् भने बाँकी सबै नाफामा उक्लिएका छन् । नाफा कमाउने ३८ म्युचुअल फण्डमध्ये पनि ७ वटाको नाफा घटेको छ भने ३१ वटाको नाफा बढेको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउने म्युचुअल फण्डमा प्रभु सेलेक्ट फण्ड रहेको छ । यो फण्डले २७ करोड ९१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो महिनाको तुलनामा २०.१७ प्रतिशत बढी हो ।  

जेठ महिनामा घाटा ब्यहोर्ने फण्डहरुमा रिलायबल समृद्धि योजना, एनआइबीएल स्टेबल फण्ड, मेगा म्युचुअल फण्ड–१  र एनआइबीएल समृद्धि फण्ड–२ रहेको छ ।  

न्याभ कुनको कति ?

म्युचुअल फण्डहरुको नाफासँगै न्याभमा पनि सुधार देखिएको छ । न्याभ म्युचुअल फण्डहरुको महत्वपूर्ण सूचक मानिन्छ । लगानीकर्ताहरुले फण्डको न्याभ हेरेर नै उक्त फण्डको वित्तीय अवस्था बारे बुझ्न सक्छन् ।  

सो अवधिसम्म ८ वटा फण्डको मात्रै न्याभ घटेको छ भने बाँकी सबैको न्याभ बृद्धि भएको छ । जेठ महिनासम्म सबैभन्दा धेरै न्याभ हिमालयन ८०–२० को रहेको छ । उक्त फण्डको न्याभ ०.१६ रुपैयाँले बढेर १२.८२ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, प्रभु स्मार्ट फण्डको १२.७८ रुपैयाँ, प्रभु सेलेक्ट फण्डको १२.७४ रुपैयाँ, एनएमबी सुलभ इन्भे्ष्टमेन्ट फण्ड–२ को १२.३८ रुपैयाँ र ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ को १२.३५ रुपैयाँ रहेको छ । सो अवधिसम्म ५ वटा फण्डको मात्रै न्याभ १२ रुपैयाँभन्दा बढी रहेको छ ।  

त्यस्तै, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किमसहित २० वटा फण्डको न्याभ ११ रुपैयाँभन्दा माथि रहेको छ भने एनआइसी एशिया फ्लेक्सी क्याप फण्डसहित १५ वटा फण्डको न्याभ १० रुपैयाँ भन्दा बढी रहेको छ । यता रिलायबल समृद्धि योजनाको न्याभ ९.९५ रुपैयाँ र एनआइबीएल स्टेबल फण्डको न्याभ ९.७३ रुपैयाँ छ ।  

सेयरबजारमा रु.४३.२६ अर्बको लगानी  

म्युचुअल फण्डहरुको सेयरबजारमा अर्बौ रकम लगानी रहेको हुन्छ । यदि फण्डहरुले लगानीको अवस्था घटबढ गर्ने हो भने बजारमा उतारचढाव आउने सम्भावना रहन्छ भने बजार घटबढ हुँदा फण्डको वित्तीय अवस्था नै फेरबदल हुने अवस्था आउँदछ ।  

जेठ मसान्तसम्म ४२ वटा म्युचुल फण्डको सेयरबजारमा ४३ अर्ब २६ करोड ८९ लाख रुपैयाँको लगानी रहेको छ । यो लगानी रकम अघिल्लो महिनाको तुलनामा ३.२२ प्रतिशत बढी हो ।  

वैशाखमा फण्डहरुको यस्तो लगानी रकम ४१ अर्ब ९१ करोड ७३ लाख रुपैयाँ थियो । सेयरबजारमा लगानीको सिजन भएसँगै म्युचुअल फण्डहरुले लगानीको दायरा बढाएका छन् । केही फण्डहरुको लगानीको भ्यालु उल्लेख्य बढेको देखिएकाले लगानी समेत थपिरहेका छन् ।  

सो अवधिसम्म १२ वटा फण्डको मात्रै सेयरबजारमा गरिएको लगानीको भ्यालु घटेको छ भने ३० वटाको यस्तो भ्यालु बृद्धि भएको छ ।  

सेयरबजारमा सबैभन्दा धेरै एनआइबीएल सहभागिता फण्डको ४ अर्ब ६७ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर लगानी रहेको छ । यो लगानी रकम अघिल्लो महिनाको तुलनामा १.१६ प्रतिशत मात्रै बढी हो ।  

त्यस्तै, वैशाखको तुलनामा सबैभन्दा लगानी बढाउने फण्डमा भने रिलायबल समृद्धि योजना रहेको छ । यो फण्डको यस्तो अवस्था १७७२.६५ प्रतिशतले बृद्धि भएको छ ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.