काठमाण्डौ । भारतीय धनाढ्य गौतम अडानीको अडानी ग्रुपले आगामी १० वर्षभित्र ७ वटा विमानस्थल विस्तारका लागि ६० हजार करोड भारु लगानी गर्ने भएको छ । अडानी पोर्टस् एण्ड स्पेशल इकोनोमिक जोन लिमिटेडका एमडी करन अडानीले यसबारे जानकारी दिएका हुन् ।
कुल लगानीमध्ये आधि लगानी अडानी ग्रुपको पोर्टफोलियोमा रहेका विमानस्थलहरुको धावनमार्ग क्षमता विस्तार गर्न र बाँकी रकम सवमानस्थल वरपर सहर विकास गर्नका लागि प्रयोग गरिने करन अडानी बताएका छन् ।
यी लगानीहरुमा माउ कम्पनी अडानी इन्टरप्राइजेज्ले कोष प्रदान गर्ने जनाएको छ । अडानी ग्रुपले भारतको मुम्बई,अहमदाबाद,लखनउ,जयपुर,गुवाहाटी,मंगालुरु र थिरुभनाथ्थापुरमका विमानस्थलहरु सञ्चालन गरिरहेको छ । -एजेन्सी

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                         
                                        (193).jpg) 
                                         
                                         
                 
                 
                 
                 
                 
                 
                