बिहीबार, असार १९,२०८२ 04:50:49
  • बिहीबार, असार १९,२०८२ 04:50:49
Global IME Bank Limited

स्वावलम्बन लघुवित्तद्वारा वातावरणमैत्री गाउँ निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

Hyundai Nepal
स्वावलम्बन लघुवित्तद्वारा वातावरणमैत्री गाउँ निर्माण सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले वातावरणमैत्री गाउँ निर्माणसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बुढानिलकण्ठ नगरपालिका स्थित डाँडागाउँ वस्तीलाई वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माण गर्ने उद्देश्यले सरोकारवालाहरुसँग अन्तरक्रिया गरिएको हो ।  

कार्वन उत्सर्जन न्यूनिरकण, फोहोर व्यवस्थापन र बृक्षारोपण गरी स्वच्छ वातावरण निर्माण गर्ने, उद्यमशीलता विकास गरी आयआर्जन वृद्धि तथा बेरोजगारी अन्त्य गर्न त्यहाँका जनता र सरोकारवालाहरुको समन्वयमा वातावरणमैत्री स्वावलम्बन गाउँ निर्माण गर्न आयोजना गरिएको अन्तरक्रियाकार्यक्रमको अध्यक्षता बालविकास समाज आधारभुत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिता तामाङले गरेकी थिइन् ।

CG Motors
Muktinath Bikas Bank Limited

प्रमुख अतिथि बुढानिलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी र विशिष्ट अतिथिनगर उप प्रमुख अनिता लामाको रहेको कार्यक्रममा केन्द्रीय कार्यालय उद्यमशीलता, ग्राहक संरक्षण तथा अनुसन्धान विभागका प्रबन्धक सुमन श्रेष्ठले वातावरण मैत्री स्वावलम्बन गाउँ निर्माणको अवधारणा सम्बन्धी प्रस्तुतीकरण गरेका थिए । प्रमुख अतिथि तथा नगर प्रमुख मिठाराम अधिकारीले वातावरण संरक्षण, उद्यमशीलता विकास र रोजगारी सृजना जस्त महत्वपुर्ण कुराहरु समेटेर वातावरणमैत्री गाउँ निर्माण गर्न अगुवाई गरेकोमा स्वावलम्बन लघुवित्त वित्तीय संस्थालाई धन्यवाद दिदै समाजको र समुदायको हित हुने यस प्रकारका पवित्र कार्यमा नगरपालिका आवश्यक सहयोग र समन्वय गर्न तत्पर रहेको बताए ।

नगर उपप्रमुख अनिता लामाले वातावरण मैत्री गाउँ निर्माण गर्ने कार्य अति जरुरी रहेको विशेष गरी बुढानिलकण्ठको डाँडागाउँ एक सुन्दर र रमणीय गाउँ भएको कारण पर्यटनको अथाह संभावना भएको तर फोहोर व्यवस्थापन चुनौतीपूर्ण रहेकोले फोहोर व्यवस्थापन गरी वातावरण संरक्षण गर्ने कार्यलाई प्राथमिकतामा राख्न सुझाव दिइन् । विद्यालयका प्रधानाध्यापक धोर्जे तामाङले डाडाँगाउको आजको मुल आवश्यकता यहाँको सुन्दरता र वातावरणको संरक्षण नै गनुपर्ने भएकोले विद्यालय, स्थानीय यूवाहरुको परिचालन तथा समन्वय गरी लक्ष्य हासिल गर्न मिलेर काम गर्ने बताए । कार्यक्रममा वित्तीय साक्षरता समेत प्रदान गरिएको थियो र वित्तीय साक्षरता कक्षाको सहजीकरण इलाका कार्यालय ठिमीका प्रबन्धक चेतनाथ बगालेले गरेका थिए ।

कार्यक्रममा स्थानीय व्यापारी, आमा सुमुहका प्रतिनिधी, विद्यार्थीहरु, स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका सदस्यहरु तथा शाखा कार्यालय चुच्चेपाटीका कर्मचारीहरु र स्थानीय जनसमुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.