बिहीबार, असार १९,२०८२ 04:55:38
  • बिहीबार, असार १९,२०८२ 04:55:38
Global IME Bank Limited

सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार पर्यटक नेपाल भित्रिए

Hyundai Nepal
सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार पर्यटक नेपाल भित्रिए
Nabil Bank Limited

काठमाण्डौ्र। सन् २०२५ को पहिलो ६ महिनामा ५ लाख ७७ हजार ६८९ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार जुन महिनामा मात्रै ७६ हजार ४२५ पर्यटक भित्रिएका हुन् ।

जुन महिनामा भारतबाट ३२ हजार ६६२, अमेरिकाबाट ९ हजार ६९६, चीनबाट ६ हजार ७३६, बंगलादेशबाट ५ हजार ४ हजार ४४९, बेलायतबाट २ हजार २८४, अस्ट्रेलियाबाट १ हजार ८३१, मलेसियाबाट १ हजार ३८४, भुटानबाट १ हजार १६७, जापानबाट १ हजार १९ र दक्षिण कोरियाबाट १ हजार २ पर्यटक नेपाल भित्रिएको बोर्डले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

CG Motors
Muktinath Bikas Bank Limited

सन् २०२४ को जुन महिनामा ७६ हजार ३३३ पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसैगरी सन् २०२३ को जुन महिनामा ७२ हजार २५० पर्यटकले नेपाल भित्रिएका थिए । सन् २०२४ को पहिलो ६ महिनामा ५ लाख ८३ हजार १६ जना पर्यटक भित्रिएका थिए । र कोरोना महामारीको सुरु हुनुभन्दा अघि सन् २०१९ को जनवरीदेखि जुनसम्म ५ लाख ७३ हजार ६५८ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले पर्यटक आगमन सुधारन्मुख भएको बताएका छन् । उनले भने, ‘अझै हामी नेपालमा पर्यटक बढाउन मुख्य पर्यटक बजार भएका मुलुकमा डिजिटल मार्केटिङ र हाम्रा पर्यटन उत्पादनको ब्रान्डिङ गर्ने कामलाई थप तीव्रता दिन्छौं । यसले नेपालमा पर्यटक बढोत्तरी हुने हाम्रो विश्‍वास छ ।’

सीईओ जोशीले विश्वकै पहिलो र दोस्रो ठूलो जनसंख्या भएका हाम्रा छिमेकी मुलुक भारत र चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न बोर्ड रणनीतिक ढंगले अघि बढ्ने बताए ।

 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.