शनिबार, असार ६,२०८३ 05:41:46
Bizshala
  • शनिबार, असार ६,२०८३ 05:41:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रसुवा–केरुङ मितेरी पुल पुनर्निर्माणका लागि चीनको औपचारिक प्रस्ताव, सम्झौता प्रस्ताव नेपाललाई हस्तान्तरण

Laxmi Sunrise Bank Limited
रसुवा–केरुङ मितेरी पुल पुनर्निर्माणका लागि चीनको औपचारिक प्रस्ताव, सम्झौता प्रस्ताव नेपाललाई हस्तान्तरण
Shivam Cement

काठमाण्डौ । बाढीका कारण क्षतिग्रस्त नेपाल–चीन जोड्ने रसुवा–केरुङ मितेरी पुल पुनर्निर्माणका लागि चीन सरकारले औपचारिक प्रक्रिया अघि बढाएको छ।

चीनले परराष्ट्र मन्त्रालयमार्फत स्थायी संरचना निर्माणसम्बन्धी परियोजना कार्यान्वयन सम्झौताको प्रस्ताव नेपाल सरकारलाई पठाएको हो।

Bizshala
New Office
CG Motors

पूर्वाधार विकास मन्त्रालयका अनुसार प्राप्त प्रस्तावको प्रारम्भिक मूल्यांकन पूरा भइसकेको छ भने कानून मन्त्रालयको रायसमेत लिइसकिएको छ।  

मन्त्रालयका अधिकारीहरूले पुलको नाम, स्थान विवरण तथा केही प्राविधिक पक्षमा परिमार्जन आवश्यक देखिएकाले अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयसँग समन्वय भइरहेको बताएका छन्।

प्रस्तावित परियोजना चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा कार्यान्वयन हुने अपेक्षा गरिएको छ।  

तर, पुलको अन्तिम डिजाइन, संरचनात्मक स्वरूप र प्राविधिक विवरण भने परियोजना कार्यान्वयन सम्झौता अन्तिम रूप पाएपछि मात्र निश्चित हुने जनाइएको छ।

गत वर्षको बाढीपछि रसुवा–केरुङ नाका पूर्ण रूपमा अवरुद्ध भएको थियो।

त्यसपछि चीनकै सहयोगमा अस्थायी बेलीब्रिज निर्माण गरी पुस महिनादेखि सञ्चालनमा ल्याइएको छ, जसबाट हाल सीमित मात्रामा मात्र यातायात तथा व्यापारिक आवागमन भइरहेको छ।

यसैबीच नेपाल–चीन जोड्ने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडकमार्गको स्तरोन्नति कार्य पनि विभिन्न चरणमा अघि बढिरहेको छ।

८१ किलोमिटर लामो यो मार्गलाई तीन खण्डमा विभाजन गरी निर्माण तथा सुधार कार्य भइरहेको छ।

गल्छी–त्रिशूली–मैलुङ खण्डको अधिकांश भाग कालोपत्रे भइसके पनि बटार–विदूर खण्डको करिब ७ किलोमिटर अझै निर्माणाधीन छ।  

Garima Development Bank
Shivam Cement
Bizshala

बजार क्षेत्रका संरचना हटाउने र मुआब्जा वितरण प्रक्रियामा ढिलाइ हुँदा काममा असर परेको जनाइएको छ।

मैलुङ–स्याफ्रुबेसी खण्डका लागि नयाँ ठेक्का प्रक्रिया अघि बढाइएको छ भने स्याफ्रुबेसी–रसुवागढी खण्डमा चिनियाँ प्राविधिक टोलीमार्फत स्तरोन्नति कार्य निरन्तर जारी रहेको छ।  

कोभिड–१९ महामारीका कारण रोकिएको परियोजना पछिल्ला वर्षहरूमा पुनः सक्रिय रूपमा अघि बढाइएको हो।

बाढीअघि रसुवागढी नाका नेपाल–चीन व्यापारको प्रमुख मार्गका रूपमा रहेको थियो, जहाँबाट करिब ७० प्रतिशत द्विपक्षीय व्यापार सञ्चालन हुने गर्थ्यो।

दैनिक सयभन्दा बढी मालवाहक सवारी आवतजावत गर्ने यो नाका अहिले अस्थायी पुल र सीमित सडक क्षमताका कारण निकै कम मात्रामा सञ्चालन भइरहेको छ।  

भन्सार कार्यालयका अनुसार हाल दैनिक १० देखि १५ वटा मात्र मालवाहक सवारी आवतजावत गर्छन्।

२०७२ सालको भूकम्पपछि तातोपानी नाका लामो समय बन्द भएपछि रसुवागढी–केरुङ नाका नेपाल–चीन व्यापारको मुख्य केन्द्र बनेको थियो।  

रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण यस नाकालाई दीर्घकालीन रूपमा सुरक्षित र सुदृढ बनाउन स्थायी मितेरी पुल निर्माण प्रक्रिया अघि बढाइएको अधिकारीहरूले बताएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.