बुधबार, असार २५,२०८२ 10:24:44
  • बुधबार, असार २५,२०८२ 10:24:44
Global IME Bank Limited

नेप्सेको चार्टमा ‘मर्निङ स्टार’, कस्तो रहला अब बजार ?

Hyundai Nepal
नेप्सेको चार्टमा ‘मर्निङ स्टार’, कस्तो रहला अब बजार ?
Shivam Cement

काठमाण्डौ । सेयर बजार आज दिनभर सकारात्मक नै रह्यो । आज दिनभर तल–माथि गरेको बजार अन्तिम समयमा २२ अंकले बढेर बन्द भयो ।  

प्राविधिक रुपमा आज बजारमा बुलिस मारुबुजु क्यान्डल बनेको छ । अघिल्लो दिनका क्यान्डलहरुसँग मिलाएर हेर्दा मर्निङ स्टार बनेको छ । यदि लामो समय घटेको बजारमा पहिलो क्यान्डल रातो मारुबुजु बन्छ, दोस्रो क्यान्डल डोजी अथवा इन्भर्टेड ह्याम्मर प्रकृतिको बन्छ र तेस्रो क्यान्डल ग्याप अप ओपनिङसहितको बुलिस मारुबुजु क्यान्डल बन्छ भने त्यसलाई मर्निङ स्टार भनिन्छ । (हेर्नुहोस्  एरो)  

CG Motors
Muktinath Bikas Bank Limited

यसले बजार माथि जाने संकेत गर्छ । यस विपरीत यदि पहिलो क्यान्डल हरियो, बीचमा कुनै पनि खालको डोजी प्रकृतिको क्यान्डल बन्छ र तेस्रो क्यान्डल रातो मारुबुजु क्यान्डल बन्छ भने त्यसलाई  ‘इभिनिङ स्टार’ भनेर बुझिन्छ । यसले घट्दो बजारलाई संकेत गर्छ । यसले बजार तल जाने संकेत गर्छ ।  

आज नेप्सेमा ‘मर्निङ स्टार’ क्यान्डल बनेको छ । कारोबार र भोल्युमबाट नियाल्दा आज २० दिनको औषत कारोबार भन्दा तल नै देखिन्छ ।  यदि आगामी दिनमा बजारले २७३० विन्दुभन्दा माथि औषत कारोबार सहित बजार टिकेको खण्डमा बजारले थप उचाइ लिने निश्चित हुनेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस होइन ।  

Nepal Investment Mega Bank Limited
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.