काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा अनलाईन लगइन लिने (टिएमएस(प्रयोगकर्ताको संख्या १९ प्रतिशतले वृद्धि भएको छ ।
धितोपत्र बोर्डका अनुसार यस्तो लगानीकर्ताको संख्यामा उल्लेख्य वृद्धि आएको छ । आव २०८०–८१ को अन्त्यसम्म उक्त संख्या २२ लाख १६ हजार २४७ रहेकोमा आव २०८१–८२ को जेठ मसान्तसम्म यस्तो सख्या १९ प्रशितले बढेर २६ लाख ३३ हजार ५१० पुगेको छ ।
बोर्डका अनुसार आव २०७९–८० को अन्त्यसम्म भने यस्तो संख्या १७ लाख ६३ हजार ३०१ रहेको थियो ।