काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका–जापान व्यापार सम्झौताको घोषणा गरेसँगै जापानको सेयर बजार मा उछाल आएको छ । आजको सुरुवाती कारोबारमा निक्केई२२५ इन्डेक्स २.९३ प्रतिशतले बढेको छ।
टोयोटा, निशान, होन्डा जस्ता ठूला कार कम्पनीको सेयरमूल्य बढेको छ । निक्की२२५ इन्डेक्स यतिेबला ४० हजार ९४१ विन्दुमा पुगेको छ ।
जापान र अमेरिकाबीचको सम्झौता अन्तर्गत, अमेरिकामा जापानी कार निर्माताहरु मा लगाइएको विद्यमान शुल्क घटाइने भएको छ। यसको पुष्टि गर्दै जापानी प्रधानमन्त्री शिगेरु इसिबाले अब जापानी कार कम्पनीहरूले अमेरिकामा निकासीमा १५ प्रतिशत भन्सार तिर्नुपर्ने बताएका छन् । यसअघि यो २५ प्रतिशत थियो ।
केही समयअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रस्तावित सम्झौताअन्तर्गत जापानले अमेरिकामा ५५० अर्ब डलर लगानी गर्ने र १५ प्रतिशत पारस्परिक महसुल तिर्ने बताएका थिए ।
उनले जापान अमेरिकाको सबैभन्दा ठूलो व्यापार साझेदार भएको बताएका थिए ।