बिहीबार, श्रावण ८,२०८२ 04:17:06
  • बिहीबार, श्रावण ८,२०८२ 04:17:06
Global IME Bank Limited

नेप्सेको चार्टमा ‘ड्रागन फ्लाई डोजी’, अबको सम्भावना कस्तो ?

Hyundai Nepal
नेप्सेको चार्टमा ‘ड्रागन फ्लाई डोजी’, अबको सम्भावना कस्तो ?
Shivam Cement

काठमाण्डौ । नेप्सेको दैनिक चार्टमा आज ‘ड्रागन फ्लाई डोजी स्टार’ बनेको छ । सेयर तथा सूचकको सुरु, अन्तिम तथा अधिकतम मूल्य एउटै भई न्यूनतम मूल्य कम भएर तल लामो धागो बनेमा ‘ड्रागन फ्लाई डोजी’ भनेर बुझिन्छ ।  

यसले दिनभरको कारोबारमा बिक्री दबाब परेको र अन्त्यमा खरिदकर्ता हावी भएको बुझिन्छ । बजारमा यस्तो आकृति बनेमा बजारले माथिको यात्रा तय गर्दै गरेको वा बुल यात्राको निरन्तरता रहेको बुझिन्छ  । यसअघि पनि यस्तै क्याण्डल बने पछि बजारले थप उचाई लिएको थियो ।  

Muktinath Bikas Bank Limited

बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजार हालसम्म पनि अपर ब्याण्डमा नै चलेको छ । म्याक्डीमा यस अघि बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ  ।  

हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गएका छन् । त्यसैगरि, आरएसआईमा भने ओभर बट जोन ८४ को तहमा चलको छ । यदि आगामी कारोबारमा पनि बजार आजको उच्च विन्दु २ हजार ९८८ भन्दा माथि बन्द हुन्छ भने हालको बुल जारी रहनेछ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.