सोमबार, श्रावण १९,२०८२ 09:49:50
  • सोमबार, श्रावण १९,२०८२ 09:49:50
Global IME Bank Limited

घाटामा रहेको सिंगटी हाईड्रोपावरले आर्जन गर्यो १४.९९ करोड नाफा, समग्र वित्तीय अवस्था कस्तो ?

Hyundai Nepal
घाटामा रहेको सिंगटी हाईड्रोपावरले आर्जन गर्यो १४.९९ करोड नाफा, समग्र वित्तीय अवस्था कस्तो ?
Shivam Cement

काठमाण्डौ ।  सिंगटी हाईड्रोपावर कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनी ६ करोड ९२ लाख रुपैयाँ घाटामा थियो ।  

कम्पनीले विद्युत बिक्रीमार्फत ६८ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीमार्फत ८ करोड ३० लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको अन्य आम्दानी ६६ लाख ८४ हजार रुपैयाँ रहेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

कम्पनीको कुल बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १४ करोड ७७ लाख रहेको कुल खर्च बढेर ५२ करोड ७२ लाख पुगेको छ ।  

कम्पनीको सञ्चित नाफा २ करोड ५१ लाख रहेको छ । यस्तै कम्पनीले सेयर प्रिमियम शिर्षकमा २५ करोड ११ लाख रुपैयाँ छुट्टाएको छ । १६ करोड २२ लाख रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व १ करोड ६ लाख रहेको छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५.१७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.५३ रुपैयाँ, तरलता अनुपात १५.२५ गुणा मूल्य आम्दानी अनुपात ५५.७५ गुणा र रिटर्न अन इक्विटी ४.७२ प्रतिशत रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.