काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले करिब ४ लाख कित्ता बढी अवितरित हकप्रद सेयर बोलकबोल प्रक्रियामार्फत बिक्री गर्ने भएको छ । कम्पनीले गत असार १६ गतेदेखि साउन ११ गतेसम्म १ः१ अनुपातमा निष्कासन गरेको हकप्रदमा आवेदन नपरेको सर्वसाधारण समूहको ४ लाख १८ हजार ७३८ कित्ता सेयर लिलामीमातर्फ बिक्री गर्न लागेको हो ।
कम्पनीले यही साउन २७ गतेदेखि उक्त सेयरको बिक्री आवेदन खुलाउने भएको छ ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ, नबिल बैंकको शाखा कार्यालयहरु, विर्तामोड,विराटनगर, जनकपुर,विरगञ्ज,हेटौडा, जावलाखेल, सूर्यविनायक, पोखराु बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट आवेदन पेश गर्न सक्नेछन् ।
बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति भदौ ३ गते रहेको छ ।

.gif) 
                (1).gif) 
                (2).gif) 
                .jpg) 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                 
                                         
                                        (259).jpg) 
                                        (220).jpg) 
                                        (235).jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                