बुधबार, श्रावण २१,२०८२ 12:31:55
  • बुधबार, श्रावण २१,२०८२ 12:31:55
Global IME Bank Limited

डबल टप बनाएर खसेको बजारमा ‘डेड क्याट बाउन्स’, अबको सम्भावना कस्तो ?

Hyundai Nepal
डबल टप बनाएर खसेको बजारमा ‘डेड क्याट बाउन्स’, अबको सम्भावना कस्तो ?
Shivam Cement

काठमाण्डौ । आज बजार दिनभर उतारचढावपूर्ण रह्यो । इन्ट्रा डेमा २९ सय माथि पुगेको बजार अन्त्यमा ४१ अंकले घटेर बन्द भयो । प्राविधिक रुपमा हालको बजारलाइ स्मार्ट मनी कन्सेप्टबाट नियाल्दा बियरिस चेन्च अफ क्यारेक्टर बनाएको छ । डाउथेउरीबाट नियाल्दा पनि लोवर लो र लोवर हाईको सिरिज बनाएको देखिन्छ ।  

त्यसैगरि, कारोबार तथा भोल्यमुबाट नियाल्दा पनि बजारले २० दिने मूभिङ एभरेज भन्दा तल खसेको छ । यी सबै माध्यमबाट नियाल्दा अघिल्लो दिनको बढोत्तरीलाई आजको बजारले डेड क्याट बाउन्स भएको पुष्टि गरेको छ । यस आधारमा बजारले एक चरण फेरि डीप करेक्सनको यात्रा तय गरेको देखिन्छ । हालको करेक्सनलाई  इलिअट वेभको ‘ए’ बराबर ‘सी’ हुन्छ  भन्ने सिद्धान्तको आधारमा अबको करेक्सन केही डीप हुन सक्ने सम्भावना रहन्छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

डेड क्याट बाउन्स भनेको के हो ?

यदि घटिरहेको बजारमा अल्पकालीन तथा छोटो समयका लागि बजार तथा कुनै कम्पनीको सेयरमूल्य फर्किन्छ भने यसलाई डेडक्याट बाउन्स अर्थात ‘मरेको बिरालो’ भनिन्छ । यदि कुनै पनि कम्पनीको मूल्य तथा बजार सूचकमा अल्पकालिन र्याली आउँछ र कुनै पनि आधारभूत तत्वले काम नगरी पुनः मूल्य तथा सूचकमा गिरावट आउँछ भने त्यसलाई आधारभूत रुपमा डेड क्याट र्याली भनेर बुझिन्छ ।  

त्यसैगरी, प्राविधिक रुपमा पनि डेड क्याट बाउन्सलाई परिभाषा गरेको पाइन्छ । यदि निरन्तर बढेको बजार तथा वस्तुको मूल्यमा गिरावट आउँछ र पुनः अल्पकालीन बढोत्तरी आएर ‘भी’ आकार बनाउँछ भने त्यसलाई पनि डेड क्याट बाउन्स भनेर बुझिन्छ ।  

कसरी पर्छन् लगानीकर्ता बुल ट्रयापमा ?

कुनै पनि सेयर अथवा सूचक केही समय बढेपछि डेड क्याट बाउन्सको अवस्था आउछ । यस्तो बढेको अवस्थामा एकथरी लगानीकर्ताले सेयर बेच्न सकेका हुँदैनन् । जब बजार घट्न थाल्छ यस्ता लगानीकर्ताले पहिलेको सूचक तथा सेयरमूल्य हेरेर पुछुतो मान्ने गर्छन् र बढ्दा बेच्ने मनस्थिति बनाएका हुन्छन् ।  

अर्काथरी लगानीकर्ता जसले किन्नका लागि करेक्सन कुरेर बसेका हुन्छन् तर बजार बियरिस ट्रेन्डमा पुगेको थाहा पाएका हुँदैनन् उनीहरु बजार केही घटेपछि पुनः बजारमा छिर्छन् ।  

यी दुईथरी लगानीकर्ताको कारोबारले बजारमा डेड क्याट बाउन्सको अवस्था सिर्जना हुन्छ । सेयर बजारमा बोलीचालीको भाषामा यसलाई ‘बुल ट्रयाप’ पनि भनिन्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो बिश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.